• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्घाखाँचीमा बगैचाबाटै धमाधम सुन्तला बिक्री




अर्घाखाँचीका किसानको घरमै पुगेर व्यापारीले सुन्तला खरिद गर्ने गरेका छन् । अर्घाखाँचीको सुन्तला पकेट क्षेत्रमा व्यापारी ट्रक लिएर नै किसानको घरमा पुग्ने गरेका हुन् ।

यस जिल्लाको सुन्तला उत्पादन हुने मुख्य क्षेत्र पाणिनि गाउँपालिकाका सिम्ले, पटौटी, निगाली देउराली, पोखराथोकलगायतका गाउँमा व्यापारी सुन्तला खरिद गर्न बगैँचामै पुग्न थालेका हुन् ।

व्यापारीले सिम्लेबाट मात्रै पाँच करोड रुपियाँको सुन्तला खरिद गरेका छन् । पाणिनि गाउँपालिका–१, सिम्ले गाउँका किसानले तीन लाखदेखि २८ लाख रुपियाँसम्म आम्दानी गरेका छन् । यहाँका ४९ घरका किसान व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् ।

किसान रेवतीराज पौडेलले आफ्नो बारीमा ५५५ बोट सुन्तलामा २५० क्विन्टलभन्दा बढी फलेको बताउनुभयो । यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख रुपियाँ आम्दानी हुने उहाँले बताउनुभयो ।

किसान दधिराम गौतमले बारीमा ५६५ बोट सुन्तलाबाट गत वर्ष नौ लाख रुपियाँ आम्दानी गरेकोमा यस वर्ष १४ लाख रुपियाँ आम्दानी हुने अपेक्षा गरेको बताउनुभयो । विगतका वर्षमा यहाँ उत्पादन भएका सुन्तला प्रतिकेजी ६० रुपियाँदेखि ६५ रुपियाँमा बुटवल, तानसेन र भैरहवाको बजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । बजारमा अहिले प्रतिकेजी एक सयदेखि १५० रुपियाँसम्म सुन्तला बिक्री भइरहेको छ ।

Facebook Comments