• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा सेवा प्रभावकारी बन्दै, ओसीएमसीबाट ८० जनाले लिए सेवा




दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत साउनदेखि अहिलेसम्म एकदवारा संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट ८० जनाले सेवा लिएका छन् । प्रतिष्ठानका सूचना अधिकारी नीशानदाजु भट्टराईका अनुसार ओसीएमसीबाट बलात्कार, घरेलु हिंसा, सुरक्षित गर्भपतन, शारीरीक चोटपटक,बालबिबाह, मानसिक यातना लगायत घटनाका पीडीतले सेवा लिएका छन् । भट्टराइले भने, मुख्यतः प्रहरी मार्फत् यस प्रतिष्ठानमा सेवा लिन आउनुहुन्छ । संघ संस्था मार्फत् र कोहि कोहि आफै स्वयम् पनि अस्पताल आउनुहुन्छ । ’ प्रतिष्ठानमा ओसीएमसी शाखामा तिन जना कर्मचारी छन् । २०६९ सालदेखि प्रतिष्ठानले सेवा दिदैं आएको छ ।

ओसीएमसीका फोकल पर्सन सुस्मीता पोख्रेलले ओसीएमसीमार्फत् सेवा लिने सबैलाई निशुल्क उपचार गरिरहेको बताइन् । पोख्रेलले भनिन्, ८० जना मध्ये ५१ जना आफै, २९ जना प्रहरी मार्फत् र ४ जना अन्य अस्पतालहरुबाट रिफर भएर सेवा लिन आउनुभएको छ । उहाँहरुलाई रगत जाँच, खाना, खाजा, कपडा सबै निशुल्क उपलब्ध गराउँछौं । ’ प्रतिष्ठानको तथ्यांक अनुसार सेवा लिने मध्ये अधिकांश १५ देखि ४९ वर्ष उमेर समूहका छन् । सो उमेर समूहका ६० जनाले सेवा लिए । यस्तै, १४ वर्ष मुनिका १७ जना, ५० देखि ६५ वर्ष उमेर समूहका २ जनाले सेवा लिएका छन् ।

प्रतिष्ठानका अनुसार ओसीएमसीमार्फत् शारीरीक चोटपटक लागेका १४ जना, यौनजन्य हिंसामा परेका २५ जना, घरेलु हिंसाका ४९ जना र जेल जिवनमा परेका २ जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ । पोख्रेलले भनिन्,यो कार्यक्रम संचालन गर्न जनशक्तीको चुनौती छ । एक जना डाक्टर, एक जना प्रहरी कर्मचारी र म मात्रै छौं । थोरै कर्मचारीले सेवा दिनु चुनौति हो । ’ प्रतिष्ठानलाई सरकारले यो आर्थिक वर्ष ओसीएमसी कार्यक्रमका लागि १५ लाख रुपैंया उपलब्ध गराएको छ । पोख्रेलले अस्पतालमा उपचार हुन नसक्ने अवस्थाका पीडितलाई अन्य ठूला अस्पतालमा पठाउने गरिएको बताइन् ।

Facebook Comments