• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राहीहरु खुसी




नबिन पिएम
सल्यान, २१ सल्यान । सल्यानको कुमाख गाउँपालिकाले ६८ बर्ष माथिका जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, विधुवा, पूर्ण अपाङ्गता र अशक्त अपाङ्गता नागरिककालागि दिने २०७/र०८० को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न आज बाट सुरु गरेको छ ।

सेवाग्राहीहरुको समस्या मध्यनजर गर्दै पालिकाले वडा बाटै भत्ता वितरण गर्न लागेको हो । कुमाख गाउँपालिका र हिमालयन विकास बैंक, रागेचौर शाखाको आयोजनामा आज बुधबार वडा नं। १ मा सामाजिक सुरक्षा भत्ता बितरन गरिएको छ ।जसमा १५२ जना सेवाग्राहीहरूले आफ्नै वडा कार्यालयबाट सेवा प्राप्त गर्नु थियो ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउँदा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु खुसी भएका छन ।

उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द, १ नम्बर वडाध्यक्ष डिल्ली बहादुर राना, लेखा अधिकृत यदु गहतराज, योजना अधिकृत मान बहादुर बुढाथोकी, ईलाका प्रहरी कार्यालय, रागेचौरका प्रहरी नायव निरीक्षक शशीराम वली, हिमालयन बैंक, रागेचौर शाखाका प्रबन्धक नारायण घिमिरे, १ नम्बर वडा सचिव डिल्लीराज आचार्य, सहायक महिला विकास निरिक्षक देविका के।सीको उपस्थिति रहेको थियो ।
साथै १ नम्बर वडाबाट सेवा लिन छुटेका तथा रागेचौर पायक पर्ने सम्बन्धित वडाका सेवाग्राहीहरूलाई हिमालयन बैंक, रागेचौरबाटनै सामाजिक सुरक्षा भत्ता बुझ्नु हुन गाउपालिकाले अनुरोधगरेको छ।

साथै, मंसिर २५ गते २ नं वडा कार्यालय, २८ गते ३ नं। वडा कार्यालय र २९ गते हिमालय बैंक रागेचौरमा भत्ता वितरण गरिने भएको छ ।

त्यस्तै पौष ३ गते ४ नं। वडा कार्यालय, ५ गते ५ नं। वडा कार्यालय र ७ गते ६ नं। वडा कार्यालयमा शिविर चल्नेछ।शिविरमा ५ बर्ष मुनिका बालबालिका भने सामाजिक सुरक्षा भत्ता वितरण गरिने छैन ।No description available.
विहान १० बजेदेखि बेलुका ३ बजेसम्म हुने शिविरमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र, नागरिकता र अपाङ्गता परिचयपत्रका आधारमा भत्ता वितरण गरिने गाउपालिकाको कार्यलयले जनाएको छ ।

Facebook Comments