• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चर्को ब्याजले विपन्न वर्गको उठिबास,  लघुबित्तविरुद्ध  स्थानीय आन्दोलित 




सल्यान २० मंसिर । सल्यानमा लघुबित्तिय सस्था विरुद्धको संघर्ष समिति नेपाल लघुवित्तको चर्को व्याजकाविरुद्ध आन्दोलनमा उत्रिएको छ । महिलाहरुले सोमबार एक कार्यक्रम मार्फत चर्को विरोध गरेका छन् ।

चर्को व्याजकै कारण गरिबी विपन्न वर्गको उठिबास बनाएको, यहि कारण घर कलह वढेको र आत्मा हत्याका घटना समेत वढिरहेको छ । सिधै राष्टबैकबाट आएको ऋष लिने तर लघुवित्तले शेयर घनी पैसा छ । गरिव विपन्न नाममा लगाएको पैसा छ । मुद्दा हाल्ने डरले पासबुक कार्यालयमा नै राख्ने गरेको तालीम दिएर पैसा दिन्छौ भन्ने तर तालिमको पैसा हाकिमिहरुले खाने गरेको पिडितहरुले बताएका छन् ।

व्यवसायीक बिमा गरेर लगानी गरेको भए त्यसको क्षति विमा मार्फत पाउने त्यसपछि आत्महत्या गर्नु पर्ने अवस्था नआउने केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीले बताउनुभयो । आत्महत्या बढ्दै गएको जनतामा गरिव हुँदै गएको र लघु वितका शेयरसदस्यहरु धनी हुँदै गएको केन्द्रिय अध्यक्ष ज्ञवालीले बताउनु भएको छ ।

लघु वितका सियोको पैसा ३ लाख तलब सेवा सुबिधा कहा बाट आयो गरिवको पैसानै खाएर त्यसरी आएको बताएका छन । ५८ लाख सदस्य २३ हजार कर्मचारीहरुलाइ गरिव जनताले घरबाट पैसा दिएर पालेको समेत बताएका छन् । गरिव माथिको चरम शोषण अन्त नहुदा समेत आन्दोलन जारि रहने जनाइएको छ ।

व्यवसायीक तालिम नदिएको, विमा नवनाएको, व्याज तथा किस्ता तिर्नु पर्ने समयमा अपशब्द खेप्नुपरेको जस्ता आरोप लगाएका छन । समाजिक शोषणका विरुद्ध आन्दोलन झन चर्को हुने जनाएको छ । गरिबी झन गरिव हुन शेरधनिहरु झन शेर बन्ने यस्ता लगानी देशका निमुखा नागरिकका लागि घातक भएको जनाएको छ । संघर्ष समितिको नगर उपाध्यक्ष विमला घर्ती,केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालि, उपाध्यक्ष फत्तेवहादुर पुनले आन्दोलनमा सम्वोधन गर्नुभएको हो ।

एउटाले लिएको सहुलियतपूर्ण कर्जाले ३९ जनासम्मलाई सताएको सिस्टम कहाँबाट आयो भनेर उल्टै प्रष्न गरेका थिए ।आन्दोलनकर्मिका कुरा सुन्न सल्लिवजार स्थित वित्तीय लघु वित्तका कर्मचारीहरु समेत त्यहाँ उपस्थिति भएका थिए । १० महिना देखि जारि आन्दोलनले अब भने मुर्तरुप लिने जनाएको छ ।

नेपालमा ५८ लाख नागरिकहरु लघु वित्तबाट उठिवास भएको जनाएको छ । चर्को व्याजदरले घरवारविहीन भएको समेत वताए । गरिवि निमुखालाई आय आर्जन तथा आर्थिक उपार्जनका उदेश्यले पाउने सहुलियतपूर्ण ऋृण नभए गरिबी उठिबास लगाउने लगानि भएको उनिहरुको आरोप छ ।

Facebook Comments