• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुङ्ग्री गाउँपालिकाले सार्वजनिक विदा दिने




खुमबहादुर सुनार
बडाचाैर, १९ मंसिर । राेल्पाको लुङ्ग्री गाउँपालिकाले मंसिर पूर्णिमाको दिन सार्वजनिक विदा निर्णय गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढाले आज सोमबार एक सूचना जारी गर्दै वराह मेलाको अबसरमा मंसिर २१ गते बुधबार एक दिने सार्वजनिक विदा दिने निर्णय गाउँ कार्यपालिकाले निर्णय गरेको जानकारी दिए ।

राेल्पाकाे सबै भन्दा ठुलो मेला यहीँ वि. सं. २०७९ साल मंसिर पूर्णिमामा लुङ्ग्री गाउँपालिकामा हुने वराह मेलाको अवसरमा लुङ्ग्री गाउँपालिका ७ वाटै वडा भित्रका रहेका समुदायक विद्यालय , लगाएत सरकारी सेवालाई मंसिर २१ गते बुधवारका दिन सार्वजनिक विदा दिने गाउँ कार्यपालिकाको मिति २०७९।०८।११ को बैठकबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकरीका लागि यो सूचना जारी गरिएको हो ।

Facebook Comments