• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा माओवादी केन्द्रको मुख्यमन्त्रीका बलियो दावेदार महरा




गत २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अव संघीय सरकार र प्रदेश सरकार गठनका लागि राजनीतिक दलहरु सत्ता समिकरणका लागि तिव्र रुपमा लागिरहेको बेलामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं रोल्पा क्षेत्र नं. १ बाट भारीमतले विजयी प्राप्त प्रदेश सभा सदस्य जोखबहादुर महरा पार्टीले आफुलाई नै मुख्यमन्त्री मन्त्रीको रुपमा अगाडि सार्ने तयारी बताउनुभएको छ ।

यस्तो विचार प्रदेश सभा सदस्य जोखबहादुर महराले निर्वाचनपछि काठमाण्डौँपुगेर पार्टीका अध्यक्ष प्रचण्ड लगायत अन्य उच्चतहका नेताहरुसँग बसेर छलफल पछि रोल्पा पुगेर यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो:–“म काठमाण्डौँमा छलफल गरे मलाई केन्द्रको सिट संख्या र प्रदेशको बाडफाडमा लुम्बिनीनै माओवादी केनद्रले पाउने त्यसमा उपयुक्त पात्रका रुपमा पार्टीले अगाडी सार्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकार निर्माण गर्दा ७ वटै प्रदेशको मिलाउँदा लुम्बिनी नै उपयुक्त प्रदेश हुन सक्ने नेतृत्वहरुको दावी रहेको समेत उहाँले बताउनुभो । नेपाल कम्युनिष्ट पार्टीले आफुलाई अगाडि सार्ने र त्यसका लागि आफू लुम्बिनी प्रदेशबासीको भावना अनुसार नेतृत्व गर्न सक्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य भएकोले हाल विजयी प्राप्तहरु मध्येबाट सिनियर नेता महरा नै हुनुहुनुन्छ । तर लुम्बिनी प्रदेशबाट मुख्यमन्त्रीको दावेदारका रुपमा पाल्पा २ (ख) बाट निर्वाचित तुलाराम घर्ती र दाङबाट निर्वाचित इन्द्रजित चौधरी पनि दावेदार रहेको श्रोतले बताएको छ ।

को हुन् प्रदेश सभा सदस्य जोखबहादुर महरा
प्रदेश सभा सदस्यमा निर्वाचित जोखबहादुर महरा वि.सं. २०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ५ साविक गजुल गा.वि.स –२ मा जन्मिएका महराले २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नु भएको थियो ।

राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गर्नु भएका महाराले राजनीतिमा लाग्नु पूर्व र लागेपछि पनि लामो समय प्र.वि. र मा.वि. शिक्षकको रुपमा अध्यापन गर्नु भएको थियो । अध्यापनसँगै राजनीतिमा पनि सक्रिय बनेका महरा २०४२ सालमा अ.ने.रा.स्व.वि.यु. दाङको सचिव बन्नुभयो । त्यो सँगै नेकपा मशाल को पार्टी सदस्य लिएका उनी २०४३ सालमा अ.ने।रा.स्व.वि.यु.को केन्द्रीय सदस्य, २०४७ सालमा नेकपा मशालको रोल्पा जिल्ला समिति सदस्य हुँदै २०५० सालदेखि पार्टीमा पूर्णकालीन कार्यकर्ता बन्नु भएको थियो ।

२०५१ सालमा ने.क.पा. माओवादी को रोल्पा जिल्ला सेक्रेटरी बन्न भएको उहा २०५४ सालमा क्षेत्रीय व्यूरो सदस्य र २०५६ सालदेखि चार वर्ष पार्टीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हाल्नु भएको थियो । २०६० सालमा माओवादी केन्द्रीय सदस्य बनेका महरा २०६४ मा समानुपातिकतर्फबाट संविधान सभा सदस्य भएर संसद भवन प्रवेश गर्नु भएको थियो ।

संविधानसभा सदस्य बन्नुअघि २०६२ देखि २०६५ सम्म पार्टी अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव बन्नु भएको उहा २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पुन: उनको प्रमुख स्वकीय सचिव बन्नु भएको थियो । हाल प्रदेश सभा सदस्यमा बिजय हुनु भएको छ ।
नेकपा माओवादी केन्द्रका नेता जोखबहादुर महराले १९ हजार ४२५ मतका साथ विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ । वुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी हुनुभएको छ । यस्तै राप्रपाका पदम बहादुर थापाले २ हजार ६० र राप्रपा नेपालका गन्ज बहादुर शाहीले ६१२ प्राप्त गर्नुभएको छ । जम्मा २९ हजार ८८७ मत खसेको थियो ।

Facebook Comments