दाङ, १७ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न `प्याब्सन घाेराही रनिङ सिल्ड २०७९ ´ काे उपाधि गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे छ ।
गाेरखाले रनिङ सिल्डमा समावेश खेलहरूमा १६ स्वर्ण पदक, १ रजत पदक र ३ कास्य पदक सहित रनिङ सिल्डकाे उपाधि चुमेकाे हाे ।
मेचीकाली आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता भएकाे छ ।
स्टार आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेकाे छ।
ज्याेतिपुञ्ज आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरेकाे छ ।
जनज्योति विद्याश्रमले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।
राप्ती आवासीय माविले १ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेकाे छ ।
दिपशीखा माविले स्वर्ण पदक र २ रजत पदक प्राप्त गरेकाे छ ।
ग्रेट बुद्ध एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेकाे छ ।
आर्वर राइजिङले १ स्वर्ण पदक प्राप्त गरेकाे छ ।
शान्ति निकेतनले २ स्वर्ण र अरनिको माविले १ स्वर्ण पदक प्राप्त गरेकाे छ ।
त्यस्तै लिटल एञ्जल माविले १ स्वर्ण, ४ रजत र ४ कास्य पदक प्राप्त गरेकाे छ ।
युनिक मिडवेस्टर्नले १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।
ज्ञानज्याेति एजुकेसनल एकेडेमीले २ रजत र ३ कास्य पदक प्राप्त गरेकाे छ ।
लाली गुराँस माविले १रजत र २ कास्य, नव चेतनाले १ रजत र १ कास्य, अल्फा मावि २ रजत, मनकामना आवासीय माविले १ रजत, रमना पाठशाला १ रजत, डिभाइन एकेडेमी २ रजत, शान्ति सुधा मावि १ कास्य, सनराइज एकेडेमी ४ कास्य र मेरिल्यान्ड माविले १ कास्य पदक प्राप्त गरेका छन् ।
कबड्डीमा उत्कृष्ट खेलाडी रमना पाठशालाका दुर्गादेवी घर्ती मगर र भलिवलमा उत्कृष्ट खेलाडी ज्ञानज्याेति एजुकेसनल एकेडेमीका प्रमिसन बुढा घाेषित भएका थिए । एथलेटिक्स उत्कृष्टमा गाेरखा माविका अन्जु विष्ट (छात्रा) र निर्मल बिएम (छात्र) उत्कृष्ट घाेषित भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि घाेराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चाैधरीले खेल विद्यार्थी जीवनमा पाठ्यक्रमकाे अध्ययन जतिकै आवश्यक रहेकाे बताएका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख चाैधरीले भने, ` संस्थागत विद्यालयका विद्यार्थीहरूलाई खेलमा सहभागी गराउने उद्देश्यका साथ प्याब्सन घाेराहीले आयाेजनाकाे गरेकाे प्याब्सन रनिङ सिल्ड र उपमहानगरपालिकाले आयाेजना गर्ने राष्ट्रपति रनिङ सिल्डलाई उपमहानगरपालिकाले समान ढङ्गले हेर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।´ पढाइसँगै निजी विद्यालयहरूले अतिरिक्त क्रियाकलापमध्ये खेलकुदलाई पनि प्राथमिकताका साथ अगाडि बढाएकाे नगर प्रमुख चाैधरीले आभार प्रकट गरे ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारीले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा समुद्घाटन कार्यक्रममा र्यालीमा तथा खेलकुदमा सहभागी विद्यालयहरूलाई पनि प्रमाणपत्र उपलब्ध गराईएकाे थियाे ।
प्याब्सन घाेराहीका अध्यक्ष बिरेन्द्र चन्दकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट प्रारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।