• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरस्वती माविका नवआगन्तुक विद्यार्थीलाई स्वागत




दाङ, १७ मंसिर । सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) दाङमा डिप्लोमा तह सूचना प्रविधि बिषयमा अध्ययनरत नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले प्रथम सेमेष्टर अध्ययनका लागि आएका विद्यार्थीलाई स्वागत गरेका हुन् ।

दोस्रो सेमेष्टरमा अध्ययनरत छात्र लक्ष्मण वलिको सभापतित्व एव सरस्वती मा बि डिप्लोमा तह सूचना प्रबिधी कार्यक्रमका कोर्डिनेटर हेमराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नव आगन्तुक विद्यार्थी टीका र खादा लगाएर स्वागत गरिएको थियो ।

धार्मिक एव पर्यटकीय स्थल दाङको धारापानीमा बनभोज कार्यक्रममा विद्यार्थीले गीत, गजल, कविता, मुक्तक र नृत्य प्रस्तुत गरिएको थियो ।

दोस्रो सेमेष्टरमा अध्ययनरत छात्र सुवास वलिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शिक्षकहरू कुलशेखर शर्मा र उज्ज्वल अधिकारी, विद्यार्थीहरु सुमित्रा शाह, प्रीती चौधरी, शिव वलि, राहुल बुढा मगर, लक्ष्मी यादव,हिमाल केसि, पारस न्यौपाने लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण छात्र बिजय बिकले गर्नु भएको थियो ।

Facebook Comments