• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विभिन्न निर्णय गर्दै बनगाड कुपिण्डे नगरपालिकाको बैठक सम्पन्न




नबिन पिएम
सल्यान, १५ मंसिर । सल्यानको बनगाड कुपिण्डे नगर कार्यपालिकाको बैठक बिहिबार विभिन्न निर्णय गरी सम्पन्न भएछ । बैठकमा विभिन्न निर्णयहरु पारित गरिएको ३ नम्बर वडा अध्यक्ष तथा प्रवक्ता धनबहादुर पुनमगरले जानकारी दिनुभयो ।

बैठकले टोलटोलमा गएर खेतीयोग्य जग्गाको भू वर्गीकरण गरि २१ गते सम्म नगरपालिकामा बुझाउने, वर्षाको समयमा सरसफाइ गरिएको सडकको भुक्तानी दिने, वर्षाको समयमा क्षति भएको घर तथा ठाउको अनुगमन तथा मुल्यांकन गर्ने निर्णय भएको छ ।

त्येस्तै सडक बाहेक योजनाहरुको समितिहरु बनाएर सम्झौता प्रक्रिया अगाडि बढाउने निर्णय समेत भएको नगर प्रवक्ता पुनमगरले बताउनु भयो ।

Facebook Comments