• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देशकै ‘पहिलो प्याब्सन घोराही रनिङ शिल्ड’ को उद्घाटन




घोराही, १५ मंसिर । दाङको घोराहीमा देशकै पहिलो `प्याब्सन घोराही रनिङ शिल्ड २०७९´ प्रतियोगिताको उद्घाटन  गरिएको छ । निजी तथा आवासीय अर्गनाइजेसन नेपाल ( प्याब्सन) घोराही नगर समितिको आयोजनामा बिहीबार घोराहीको भरतपुर मैदानमा एक कार्यक्रमकाबीच उक्त प्रतियोगिता  उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्डबिक्रम न्यौपानेले एउटा सफल खेलाडीले खेलबाट बाच्न पाउनुपर्ने बताएका छन् । तर, खेल खेल्ने खेलाडीलाई चनापनि खुलाउन नसक्ने अवस्थाको देशमा हामीहरू गुज्रिएको उनले जिकिर गरे । खेलबाट जीवन पाल्ने र देशलाई चिनाउने खेलाडीको जिम्मा लिने दायित्व राज्यको भएको उनको भनाइ छ ।

उट्घाटन कार्यक्रममा फरक धारणा राख्दै प्रमुख अतिथि न्यौपानेले अब विदेशमात्र गएर देशको परिवर्तन सम्भव नभएको कुरालाई जोड दिदै देश बनाउने र परिवर्तन गर्नका लागि सबैको सोच बदलिनुपर्नेमा जोड दिए ।

प्याब्सन केन्द्रीय सचिव यादव गिरीले खेल हाम्रो जीवनसँगै हरेक क्रियाकलापसँग जोडिएको बताए । उनले खेलले मानिसलाई सिर्जनात्मक तथा रचनात्मक बनाउने कुरामा जोड दिए । आगामी दिनमा खेलकुदलाई शिक्षासँगै जोडेर अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा सामाजिक महाशाखाका प्रमुख विनोद गौतम, घोराही उपमहानगर शिक्षा महाशाखाका अधिकृत नारायण पौडेल प्याब्सनका केन्द्रीय निवर्तमान सल्लाहकार नारायण अधिकारी, प्याब्सन दाङका वरिष्ठ सल्लाहकार केशव थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आजबाट शुरु भएको उक्त प्रतियोगिता शनिबारसम्म चल्ने भएको छ । प्रतियोगितामा घोराही नगरभित्र रहेका ५८ वटा निजी तथा आवासीय विद्यालयहरुले ३६ वटा विद्यालयले सहभागिता जानाएका छन् । उट्घाटन कार्यक्रममा सहभागी सबै विद्यालयहरुले मार्चपास गरेका थिए ।

कार्यक्रममा युरो किड्सका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने मेरील्याण्ड पब्लिक सेकेण्डरीका विद्यार्थीहरुले पनि सामूहिक नृत्य प्रस्तुत गरेका थिए । राजविद्या पाठशालाका विद्यार्थीहरुले योगा प्रस्तुत गरेका थिए ।

प्याब्सन घोराही नगरका अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षता एवं लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्डबिक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमको सहजीकरण प्याब्सन घोराही नगर समितिका सचिव बालकृष्ण ओलीले गरेका थिए ।

Facebook Comments