• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खाजा खर्च कटाएर मानव सेवा आश्रमलाई सहयोग




तुलसीपुर २ बालापुर, दाङमा अवस्थित जनप्रिय इङ्लिस स्कुल कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर तुलसीपुरस्थित मानव सेवा आश्रममा सहयोग गरेका छन् ।
विद्यार्थीहरुले आश्रम अवलोकनको साथै त्यहाँ रहेका आश्रितहरुलाई सहयोग गरेका हुन् । विद्यार्थीहरुले जाडोको लागि, भान्छाका लागि र सरसफाइका लागि आवश्यक सामग्री, फलफूल र मिठाइँ सहयोग आश्रमका व्यवस्थापक सिर्जना अधिकारीलाई हस्तान्तरण गरेका थिए।

व्यवस्थापक अधिकारीले संस्कार हराउदै गइरहेको हाम्रो समाजमा विद्यार्थीमा यसरी सकारात्मक सोचको विकास भएकोमा विद्यार्थीको उच्चकण्ठले प्रशंसा गर्नुभएको थियो।

किताबका पानाहरुमा पढेका कुरालाई प्रत्यक्ष अवलोकन गर्न पाएकोमा आफूहरु खुसी भएको र अर्कोतिर आश्रित आमाबुवा देख्दा दुःख लागेको विद्यार्थी रेशम डाँगीले बताउनुभयो । यहाँ देखेका ,अनुभव र अनुभूति गरेका दृश्यले जीवनलाई नै मोडिदिएको अर्की छात्रा अनिता योगीले बताइन्।

वेला वेला यस्ता अवलोकनहरुले विद्यार्थीमा सकारात्मक भावनाको साथसाथै संस्कार ,सभ्यता र मानवताको विकास गराउने धारणा शिक्षक बासुदेव आचार्यले राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण मानवसेवा आश्रम तुलसीपुर शाखा प्रमुख सिर्जना अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments