• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रविहरुको उदय हाम्रा लागि चुनौती होइन अवसर होः शर्मा




नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको उदय आफूहरुका लागि चुनौती होइन अवसर भएको बताउनुभएको छ ।

एक अनलाइनको अन्तर्वार्तामा उहाँले यस्तो बताउनुभएको हो । ‘यसले दलहरूलाई अवसर दिएको छ । दलहरूले आफ्नो सङ्गठनात्मक क्षेत्रमा, आफ्नो वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा, सत्ता सञ्चालनको क्षेत्रमा र जनतासँग सम्बन्ध विकास गर्ने सन्दर्भमा गम्भीर रूपमा सोच्नुपर्छ भन्ने अर्थमा सकारात्मक रूपमा लिएको छु । यो परिणामले दलहरूलाई अवसर दिएको छ । हामीले अवसरको रूपमा लिनुपर्छ’– उहाँले भन्नुभयो ।

स्वतन्त्र पार्टीको जुन नतिजा आयो, त्यसमा तपाईंको के धारणा छ ? भन्ने प्रश्नमा नेता शर्माले भन्नुभएको छ– ‘मेरो कुनै कमेन्ट छैन । आएको परिणाम स्वीकार गर्ने हो । जनताले मत दिए, जिते । जनप्रतिनिधि भए । ती जनप्रतिनिधिहरूबीच सहकार्य गर्दै अगाडि बढ्ने हो । देशका लागि काम गर्ने हो । देशलाई राम्रो बनाउन सबै लाग्ने हो । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । अरू रूपमा लिन जरुरी छैन । प्रतिस्पर्धामा जनताबाट निर्वाचित भएर आए सकियो । यसलाई ठूलो रूपमा लिन जरुरी छैन ।’

दलीय व्यवस्थाको विरुद्ध यत्रो मत भन्ने रूपमा बुझ्न सकिन्छ होला नि ? भन्ने प्रश्नमा नेता शर्माले भन्नुभएको छ– ‘दलीय व्यवस्थाका विरुद्धमा मतभन्दा पनि दललाई नै मत आएको छ । स्वतन्त्र पार्टी पनि दल नै हो, यहाँ नयाँ दललाई मत आयो भन्नुपर्यो नि ’ राजनीतिमा नयाँ दलहरू जन्मिराख्छन् । विस्तारै एक्सनमा जाँदा त्यसका सैद्धान्तिक आधारहरू, त्यसका लक्ष्यहरू स्पष्ट हुँदै जान्छन् । त्यसपछि जनताले सरकारात्मक नकारात्मक रूपमा पहिचान गर्ने वातावरण बन्दै जान्छ । राम्रो गर्न दलहरू जन्मिए राम्रै हुन्छ । अहिलेको मुख्य कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने हो र समाजवादको आधार तयार गर्ने हो । यी मूल विषयमा जति पनि दलहरू आउँछन् । त्यतातिर जाँदा सकारात्मक नतिजा दिने हो ।’

तपाईंले भनेको मूल कुरामा नयाँ दलहरू कसरी आउलान् र ? भन्ने प्रश्नमा नेता शर्माले भन्नुभयो– ‘आज हामीले व्यवहारलाई हेर्नुपर्छ । आज उनीहरू यही व्यवस्था स्वीकार गरेर आएका हुन् । अहिलेको प्रणाली र पद्धति स्वीकार गरेर आएका छन् । भोलि व्यवहारमा कता जान्छ ? पछि देखिने कुरा हो । त्यसका लागि सैद्धान्तिक स्पष्टता चाहिन्छ, त्यो पक्कै भोलि देखिने छ । त्यो आउँदा जनताले विस्तारै बुझ्दै जान्छन् ।’


अहिलेका दलहरूको अकर्मण्यताले यो भोट उता गयो भन्न मिल्दैन ? भन्ने प्रश्नमा उहाँले भन्नुभएको छ– ‘भोट नआउनुलाई अकर्मण्यता र असक्षम भन्ने हो भने भोटै नहाल्ने व्यवस्था गर्ने हो त ? के एक दलीय व्यवस्था बनाउने हो ? हामीले लोकतान्त्रिक संविधान बनाएको के नराम्रो हो ? एउटा जनआधारित लोकतान्त्रिक व्यवस्था बनाएका छौँ, के नराम्रो हो ? समावेशी समानुपातिक बनाएका छौँ, के नराम्रो हो ? दलित, जनजाति, मुस्लिम लगायत समुदायको अधिकार स्थापित गरेका छौँ, के नराम्रो हो ? हामीले के चाहिँ नराम्रो गर्यौँ ? अब संविधान कार्यान्वयनको चरणमा आइपुग्यौँ । संविधान घोषणापछिको एउटा निर्वाचन सकिएको छ । यसले केही समय लिन्छ । यसभित्र भ्रष्टाचारका कुरा छन् । जनतालाई डेलिभरी दिन नसकिएका कुराहरू छन् । त्यसलाई सुधार गरेर समयानुकूल कानुन बनाएर जानुपर्छ । अब मुख्य कुरा राज्यका संरचनाहरू बलियो बनाउनुपर्ने छ ।

राज्यका संरचनाहरू लोकतान्त्रिक र बलियो पनि हुनुपर्छ । राज्यका संरचनाहरू लोकतान्त्रिक र बलियो नहुँदा जनतालाई सजिलो र छिटो रूपमा डेलिभरी दिन सकिएको छैन । देशमा सुशासन स्थापित हुन सकेको छैन । हामीले गर्न खोजे पनि बाधा अड्नहरू छन् । त्यस्ता खालका माइन्ड सेटलाई परिवर्तन गरेर पुनर्संरचा गर्नुपर्ने छ । संविधानबमोजिम संरचनाहरू नयाँ बनाउनुपर्ने छ । राज्यको पुनर्संरचन नयाँ ढङ्गले नगरेसम्म र कर्मचारीतन्त्रको नयाँ ढङ्गले पुनर्संरचना नगरेसम्म देशमा सुशासन कायम गर्न सक्दैनौँ । हाम्रो यो प्राथमिकता हो भन्ने स्पष्ट दृष्टिकोण चाहियो । सङ्घीय लोकतान्त्रिक संविधानबमोजिम राज्यको पुनर्संरचना हुन आवश्यक छ । राज्यका संस्थाहरू बलिया नहुँदा समस्याहरू पैदा भएका छन् । अब राज्यका संस्था बलिया बनाउने हो ।

निर्वाचनमा निर्वाचित हुने कुरालाई खतराको घण्टी भनेर भन्न थालेपछि आफ्नो पार्टीबाट निर्वाचित हुँदा मान्ने । यदि नभए नमान्ने भन्ने हुन्छ ? त्यस्तो हुँदैन ।

Facebook Comments