• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महिला हिंसाका घटनाहरुलाई मिडियाले प्राथमिकता दिनुपर्नेमा जोड




हिमाल महरा

घोराही, १४ मंसिर । लैंगिक विभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान मिडियामा लैंगिक हिंसाका सवाल विषयक अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । फ्री मिडिया नेटवर्क दाङको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको संयोजनमा उक्त कार्यक्रम बुधबार घोराहीमा रहेको पत्रकार महासंघको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका महिला सेलमा कार्यारत मिरा खड्काले लुम्बिनी प्रदेशमै सबैभन्दा बढी लैंगिक हिंसाका आकडा तथ्यांकमा देखिएको बताइन् । उनले हरेक लैंगिक हिंसाको मुख्य जड भनेको आर्थिक भएको र आर्थिक कमजोरीकै कारण महिला हिंसा बढ्ने गरेको जानकारी दिइन् । हिंसा न्यूनीकरणको लागि महिला सशक्तीकरणका कार्यक्रमहरुमा बढी जोड दिनुपर्ने समेत उनको जोड रहेको छ ।

त्यस्तै महिला मानव अधिकार रक्षकहरुको संजालका संयोजक सुशीला पौडेलले मिडिया तथा संचार माध्यमले लैंगिक हिंसाको सवाल उठाउनसँगै निरन्तर फ्लो अफमा गरिरहनुपर्ने बताइन् । उनले दाङमा १ सय वटै वडाहरुले लैंगिक हिंसा विरुद्धको अभियान संचालन गरेमात्र सचेतना फैलिने र मिडिया सहरमा मात्र केन्द्रित नभर गाउँमुखी र महिला हिंसाका घटनाहरुलाई मिडियाले प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

त्यसैगरी नेपाल परिवार नियोजन दाङ शाखाका माया पोख्रेलले लैंगिक विभेदमा पुरुष भन्दापनि महिला र बालबालिकाहरु बढी प्रभावित भएको बताइन् ।

नयाँ युगबोध दैनिकमा कार्यरत जेएन सागरले जिल्लामा रहेका मिडियाले महिला उत्थानका लागि उठान गरेका विषयमा कार्यपत्र प्रोजेक्टरको माध्यमबाट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङकी सल्लाहकार लक्ष्मी आचार्य, मानव अधिकारकर्मी विनोद केसी, नेपाल पत्रकार महासंघ दाङकी पूर्व उपाध्यक्ष लिला शाह, नागरिक समाज दाङका संयोजक केवी मसाल, शुशिला आचार्य, दाङ जिल्ला उद्योग वाणिज्य संघ दाङका महासचिव महेन्द्र बुढाथोकीले बोलेका थिए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष बसुन्धारा गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासंघकी सह- सचिव दिप्तीशिखा चौधरीले गरेकी थिइन् ।

Facebook Comments