• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविता : उ त अमर बनिसकेछ !




प्रेम क्षेत्री

क्षितिजमा कहिले नबिलाउने तारा
बन्दुकको निशानीमा कहिल्यै नझुक्ने नेता
जलजलाको महान सपूत
अटल आस्थाको शिखर
एउटा जिवित इतिहास बोकेको मान्छे
क्रान्तिको बिश्वासको धरोहर
जनमुक्तिसेनाको होनहार कमान्डर
कमरेड सुनिल

युगयुगसम्म चम्किरहनु भएको छ ।
आकाशको चम्कन बनी
सर्वहारा बर्गको दिपज्योती बनी
सबैको स्मरणीय
र सबैको सम्मानिय
आदरणीय कुशल योद्धा
उ त इतिहासमा अमर बनिसकेछ ।

एलिट हरुको उठिबास
सम्झौताहरुको पर्दाफास
एउटा मुक्तीयोद्धा, मृत्युलाई जित्यो
सर्वहारा बर्गको बिश्वास रच्यो
पीडितहरुको आशाको केन्द्र बन्यो
योद्धाहरुको दिग गर्जन
अन्धाहरुको बैसाखी
बैरिहरुको विरुद्ध चट्टान
फलामे लाल स्विरा
क्रान्तिको निशानि
कहिल्यै झुकेन उ
चिङ्ग्काङ्गसान झैं ठिङ्ग उभियो ।
र कहिले बिर्सिएन
गोलिको पर्रा भित्र योजना कोरिरहयो
आकाशबाट बमहरु खसिरहँदापनी
मुक्त र समर्पणको भाषण दिईनै रहयो
कति निडर छ है उ !

ए सगरमाथा तिमिसंग अंकमाल गर्न नआए के भयो र !
उ त कुशल मरण मरिसकेछ
कहिल्यै नहार्ने लडाइ जितिसक्यो
कहिल्यै बिर्सिएन उ मृत्युभित्र जीवन छ भन्ने कुरा
उ त भविस्यवाणी पनि हो
यो योजनाकार पनि हो
तर सगरमाथा बिदम्बना भनौ या के ?
उसलाई त सिस्ने र जलजलाले बिदाई गरिसकेछ्न
बिक्षिप्त र भाबुक भएछन् !
सगरमाथा उ त जिवित मरण मरिसक्यो
इतिहासमा अमर भईसकेछ
युगको नवबिहानी, नवसंगित बनिसकेछ ।
सामन्तबादको शंखधुन बनिसक्यो
संधै क्षितिजमा रविको उदान भर्न
उ त अमर बनिसकेछ ।

२०६२ मंसिर १४ गते रोल्पाको जिनावाङ्ग मनिमारेमा सहादत डिभिजन कमान्डर सुनिलको संझनामा ….
प्रेम क्षेत्री ( क. दिनेश ) ०६२ पौष ४ ( नवलपरासी )
तत्कालीन पाँचौ डिभिजन ज्वार स्मृति ब्रीगेड कार्यालय

Facebook Comments