• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देशभरमै माओवादी केन्द्रबाट चुनाव जित्ने एक मात्र महिला नेता रेखा शर्मा




दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेपछि माओवादी नेता रेखा शर्माको उचाइँ ह्वात्तै बढेको छ । माओवादीको महिला संगठन अनेमसंघ क्रान्तिकारमा केन्द्रीय अध्यक्ष भएर पार्टी केन्द्रीय सदस्य बनेकी शर्मा दुईपटक समानुपातिक सांसद र एकपटक मन्त्री बन्दा पनि खासै चर्चा थिएन । उहाँ यसै बर्ष पार्टीको स्थायी समिति सदस्य बन्नुभयो भने अहिले एमाले महासचिवलाई हराएपछि देशभरिमै चर्चा चुलिएको छ । त्यति मात्र होइन, देशभरिमै माओवादी केन्द्रको तर्फबाट प्रत्यक्ष चुनाव जित्ने एक मात्र महिला नेता पनि शर्मा नै बन्नुभएको छ ।

शर्माले २६ हजार ८ सय ७७ मत एमाले महासचिव शंकर पोखरेललाई (२६ हजार ६ सय ८१ मत) पराजित गर्नुभएको थियो ।

को हुन् रेखा ?

२०२६ सालमा दाङमा जन्मिएकी रेखा शर्माले २०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गर्नुभएको हो । २०५१ सालमा योङ्ग कम्युनिस्ट लिगको केन्द्रीय सदस्य भएकी रेखा २०५७ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य बन्नुभएको थियो ।

२०५३ सालदेखि ०५८ सम्म उहाँ अनेमसंघ क्रान्तिकारीको अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो । एमाले र माओवादीको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यमा रहनुभएका शर्मा गत वर्ष सम्पन्न माओवादी महाधिवेशनबाट स्थायी समिति सदस्य बन्नुभएको थियो ।

शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो । उहाँ २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएको थियो ।

उहाँले २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म उनी सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । जनयुद्धको सयमा २०५८ साल चैतदेखि २०५९ चैतसम्म एक वर्ष सैनिक हिरासतमा परेर शर्माले निकै पीडादायी यातनासमेत भोग्नुभएको थियो । गठबन्धनबाटै एक मात्र प्रत्यक्ष निर्वाचित महिला सांसद शर्माले आगामी सरकारमा महत्वपूर्ण मन्त्रालय पाउने संभावना छ ।

Facebook Comments