• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिनिधिसभा सदस्य शर्माले निवासमै पुगेर गरिन् पोख्रेलसँग पहिलो भेट




नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं दाङ निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य रेखा शर्माले नेकपा एमालेका महासचिव एवं आफ्ना निकटतम प्रतिद्वन्दी शंकर पोख्रेलसँग शिष्टाचार भेट गर्नुभएको छ ।

शर्मा पोख्रेलको निवास पुगेर शुक्रवार बेलुका भेटवार्ता गर्नुभएको हो । उहाँले दाङको समृद्धि नै आफ्नो अभिष्ट रहेकाले सबैसँग परामर्श गरेर अघि बढ्ने बताउनुभयो ।

‘तपाइँ हाम्रो अभिभावक हो, संयोगले हामी एकैसाथ चुनाव लड्ने अवस्था बन्यो र मैले चुनाव जितें’– शर्माले पोख्रेलले भन्नुभयो– ‘जीतहार जे भए पनि दाङको समृद्धिको लागि तपाइँको राय सुझाव र मार्गनिर्देशन अपहरिहार्य हुनेछ । जनादेशअनुसार म राजकीय पदमा पुगे पनि तपाइँ पनि सँगै हुनुहुन्छ भन्ने बुझेकी छु, तपाइँका चुनावी एजेण्डा अब मेरा पनि हुनेछन् । दाङको समृद्धिका लागि तपाइँसँग सल्लाह गरेर नै काम गर्नेछु ।’ यसअघि पनि दाङका महत्वपूर्ण विकास एजेण्डामा साझा पहल हुने गरेको स्मरण गराउँदै शर्माले अब पनि त्यसलाई निरन्तरता दिने बताउनुभयो ।

महासचिव पोख्रेलले पनि दाङको विकासका लागि आफ्नो सहयोग हुने बताउनुभयो । चुनाव जितेपछि पहिलो भेटघाटका लागि आफूकहाँ आएकोमा आभार प्रकट गर्दै उहाँले यो राजनीतिक संस्कारले देशभरिमै सकारात्मक सन्देश दिने बताउनुभयो ।

सो क्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं शर्मामा चुनावी कमाण्डर हेमराज शर्मा ‘डायमण्ड’लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Facebook Comments