खुमबहादुर सुनार
रोल्पा, ९ मंसिर । बालविवाहको तथ्यांक प्रस्तुति तथा १ दिने कार्यशाला लुङग्री गाउँपालिकामा सम्पन्न भएको छ । पालिकाको समन्वय तथा मानव अधिकार सचेतना केन्द्र हुरेक नेपाल राेल्पाकाे आयाेजनामा उक्त कार्यशाला बिहीबार किलाचाैरमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लुङग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले कार्यक्रमलाई सम्बोधन गर्दै समाजलाई अलि विकृति लिने बालविवाह भएको बताएका छन् । जसरी घर घरमा एक घर एक चर्पी भन्ने नारा लिने समयमा पनि धेरै अटेरी गर्ने धेरै थियो,उनले भने । अहिले पनि बालविवाहलाई राेक्न लागेको समयमा वा यस बालविवाह गरेको पाएमा प्रहरी वडा कार्यालय मिलेर काम गर्दा पनि विचैमा राजनीति मिसाएर त्यस बालविवाह राेक्न नसकिएको पनि थापाको भनाइ छ ।
कानुनले बालविवाह गरेकाे पाएकामा ३ वर्ष जेल र तीस हजार जरिवाना गर्ने भनिएतापनि हाम्रो गाउँपालिकामा सामान्य निर्णय गरेर बालविवाह गर्ने केटाकेटीलाई अभिभावककाे जिम्मा लगाइने थापाले बताए ।
त्यसैगरी विशिष्ट अथिति रहनु भएका लुङ्ग्री गाउँपालिकाका प्रमुख प्रशासकीय धर्मराज बुढा , लुङ्ग्री गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी गुरूङ, लुङ्ग्री गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख लेपेन्द्बहादुर बुढाथोकी , महिला बालबालिका शाखा प्रमुख कल्पना सुवेदी , लुङ्ग्री गाउँपालिकाका शिक्षा शाखाका प्रमुख भेष बहादुर विष्ट लगात विभिन्न विद्यालयका प्रतिनिधि , वडा अध्यक्ष वडा सदस्य, समाजसेवीहरूकाे पनि उपस्थिति रहेको थियो ।
कार्यक्रम सभापति मानवअधिकार सचेतक केन्द्र राेल्पाका अध्यक्ष भाेलानाथ आचार्यको अध्यक्षतामा रहेको थियो । कार्यक्रम संचालन सुन्दर पाेख्रेल र दिपक कुमार घर्तीले गर्नु गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।