• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्गम ठाउँका विद्यालयको समस्या, विद्यालयमा भनेजति विद्यार्थी उपस्थित नहुने




कमल खड्का
रोल्पा, ८ मंसिर । रोल्पाको रुन्टीगढी गाउँपालिकाको शिक्षा शाखाले बुधबार दुई विद्यालयको अनुगमन गरेको छ । रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ सतिममा रहेको सरस्वती माध्यामिक विद्यालय र वडा नम्बर ७ कै देवेश्वरी प्राथमिक विद्यालय बान्द्रेको अनुगमन गरिएको हो ।

सरस्वती मावि मा जम्मा २८५ विद्यार्थी मध्ये ६३ जना विद्यार्थी अनुपस्थित रहेको पाइएको छ । केही कम्प्युटर खराब भएकाले मर्मत गरेर शिक्षण सिकाई लागि प्रयोगमा ल्याउन सकिने पाइएको छ । आवश्यक कक्षाको कोठा अभावले केही प्रयोगात्मक शिक्षा सञ्चालन गर्न कठिन भएको बिद्यालयका प्रअ कर्ण बहादुर बस्नेतले जानकारी गराएका छन्।

शिक्षकको दरबन्दी अभावका कारण शिक्षण सिकाई समेत प्रभाव परेको बताएका छन् । भौगोलिक अवस्थाका कारण विद्यार्थीहरु टाढाबाट आउने भएकाले विद्यालयमा भने जति विद्यार्थी उपस्थित गराउन नसकेको बताएका छन् । बिद्यालयका कक्षा कोठादेखि शौचालयसम्म सरसफाइको कमजोरी रहेको पाइएको छ ।

यसै गरि वडा नम्बर ७ कै बान्द्रेमा रहेको देवेश्वरी प्रा विको पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा कक्षा एक देखि कक्षा पाँच सम्म विद्यार्थी संख्या एकदम न्युन रहेको पाइएको छ । कक्षा पाँच सम्म सञ्चालन रहेको विद्यालयमा जम्मा ४१ जना विद्यार्थी रहेको पाइएको छ । जसमा ६ जना शिक्षक र एक जना कार्यलय सहयोगी गरि ७ जना कर्मचारी रहेको पाइएको छ ।

जम्मा ४१ जना विद्यार्थी रहेका मा ३२ जना उपस्थित रहेको र ९ जना अनुपस्थित रहेको पाइएको छ । त्यसै गरी ४ वटा भवनमा ६ कोठा भएको विद्यालयमा निजी शिक्षकहरुलाई तलब खुवाउन समस्या भएका प्र.अले जानकारी गराएका छन् ।

अनुगमन शिक्षा शाखा प्रमुख अन्जु शर्मा ,गाउँ शिक्षा शाखाका प्रा.स घन बहादुर डाँगी, गाउँपालिका आन्तरिक लेखा परिक्षक दिपक पराजुली,सामाजिक विकास समिति संयोजक तथा वडा न ७ का अध्यक्ष टेक लाल पुनद्वारा गरिएको थियो ।

Facebook Comments