• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा गठबन्धनका सबै उम्मेदवार विजयी




नबिन पिएम 
सल्यान, ८ मंसिर । सल्यानबाट वाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवार बिजयी भएका छ्न् ।

एक प्रतिनिधि सभा रहेकोे सल्यानमा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला निर्वाचित भएका छन्। बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणाममा उनले स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सल्यान क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार प्रकाश ज्वालाले ३५ हजार ७०० मत ल्याई विजयी भएका हुन् ।

ज्वालाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गरेका हुन् । पराजित राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन् ।त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याएका छन् ।
जिल्लाभरी जम्मा मत : ८३६७४ खसेको थियो भने सदर मत : ७६३०५ भने बदर मत : ७३६९ थियो ।

त्येस्तै प्रदेश सभा (क) बाट वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिनुभएका माओवादीका केन्द्रका भीम प्रकाश शर्मा विजयी हुनुभएको छ ।बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणाममा शर्मा ८ हजार १८ मतान्तरका साथ विजयी हुनुभएको छ । उहाँले २२ हजार २४३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलबहादुर गिरीले १४ हजार २२५ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा (क) जम्मा खसेको मत : ४११७६ थियो भने सदर मत : ३८८२८ र बदर मत : २३४८ मत थियोे ।

त्यस्तै प्रदेश सभा (ख ) बाट वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिनुभएका नेपाली काङ्ग्रेसका सुरेश अधिकारी विजयी हुनुभएको छ ।अधिकारी २०४०८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गुलावजंग शाहले १६८१८ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा (ख) जम्मा खसेको मत : ४१९६७ थियो भने सदर मत : ४००६९ र बदर मत : १८९८ थियो ।

Facebook Comments