• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पूर्वबाट माओबादी केन्द्रका घर्ती निर्वाचित




मदन विसी
रुकुम पूर्व / रुकुम पूर्वबाट  प्रतिनिधि सभा सदस्यमा माओबादी केन्द्रका पुर्ण बहादुर घर्ती विजयी भएका छन् । सानदार मतसहित घर्ती प्रतिनिधिसभामा विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्ललाई घर्तीले फराकिलो मतान्तरले पराजित गरेका छन् । लुम्बिनी प्रदेशका संस्थापक सभामुख समेत रहेका घर्ती माओबादी केन्द्रका प्रभावशाली नेता हुन् ।
विजयी भएका घर्तीले १२ हजार २ सय ६२ मत प्राप्त गर्दा मल्लले ५ हजार २ सय ११ मत ल्याएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए । घर्तीले मल्ललाई ७ हजार ५१ मतले पराजित गरेका छन् ।

उनका अनुसार स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रीले ८ सय ९६, मंगोल नेशनल अर्गनाइजेसनका रतन बुढाले ४ सय ६४ र राप्रपाका खिम बहादुर खत्रीले ५ सय ८६ मत प्राप्त गरेका छन्।

नेश्रलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले ३ सय ३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल ३४ हजार १ सय १२ मतदाता संख्या रहेकामा यहाँ २१ हजार ९० मत खसेको थियो । २०७४ को चुनावमा प्रतिनिधि सभामा माओबादी केन्द्रकी नेतृ कमला रोका निर्वाचित भएकी थिइन ।

Facebook Comments