• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालले निर्णायक खेलमा युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने




घरेलु टोली नेपालले तीन ओडिआई खेलको सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेलमा युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सिक्का रोहितले फालेका थिए । टस पनि रोहितले नै जिते ।May be an image of 4 people, people standing and outdoors

तीन खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।

दुबै खेलमा नेपालको ब्याटिङ अपेक्षा अनुसार राम्रो हुन सकेको छैन । नेपाल अन्तिम खेलमा सानदार ब्याटिङका साथ सिरिज उपाधि जित्न चाहन्छ । दोस्रो खेलमा १ सय ९२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले १०६–६ अवस्थाबाट पूरा गरेको थियो ।May be an image of 6 people, people standing, people playing sport, grass and text that says "SSIXER.COM"

उक्त खेलमा आरिफ शेखले ३३ र गुलशन झाले ३७ रन बनाउँदै नेपालको हार टारेका थिए । नेपालका शीर्षक्रमका ब्याटरले उत्कृष्ट सुरुवात र जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ ।

नेपालको प्लेइङ ११

आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल ९कप्तान०, आरिफ शेख, हरिशंकर शाह, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।

Facebook Comments