घोराही, २७ कार्तिक । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दाङको विकासमा आफूले अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रोल्पाली ढाङढुङ ९कुरेली० समाज सेवाले घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महराले दाङ निर्वाचन क्षेत्र नं २ मा रेखा शर्मालाई मतदान गर्न सबै मतदाताहरूलाई अपिल समेत गर्नुभएको छ ।
युवा नेताहरूलाई अवसर दिनुपर्छ भनेर मैले प्रत्यक्ष र समानुपातिक उम्मेद्वार भएन,ु उहाँले भन्नुभयो, ुमैले २०४८ साल देखि पटकपटक संसदीय र राजकीय भूमिकामा रहेर काम गरेको छ, त्यो अनुभवको आधारमा दाङको विकासमा अब अभिभावकीय भूमिकामा रहेर काम गर्ने छु ।ु रेखा शर्माले निर्वाचन जितिसकेपछि मन्त्री भएर दाङको समग्र विकासमा भूमिका निर्वाह गर्ने महराले विश्वास व्यक्त गर्नुभयो । दाङ प्रदेश २९१० र २९२० राजु खनाल र प्रचण्ड विक्रम न्यौपाने गुन्टुलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । दाङमा प्रतिनिधिसभाका तीन ओटा र प्रदेशसभाका ६ ओटा गरेर ९ ओटै निर्वाचन क्षेत्रमा गठबन्धन जितको नजिक पुगिसकेको बताउनुभयो । दाङको विकास निर्माणमा साझा प्रतिबद्धता आवश्यक भएको महराको भनाइ छ ।
प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले एमालेले दाङको राजधानी र बुटवल सार्ने चेष्टा गरिरहेको बताउनुभयो । ुधेरै मेहनत र कष्टले दाङ राजधानी आएको हो, कसैले चाहेर बुटवल सार्न सक्दैन,ु उहाँले भन्नुभयो, ुगठबन्धनले दाङमा आएको राजधानीलाई कुनै हालतमा सार्न दिदैनौं, त्यसका लागि गठबन्धनलाई बहुमत दिन जरूरी छ ।ु प्रदेशसभा दाङ २ ९१० का उम्मेदवार राजु खनालले शंकर पोख्रेलले अवसर पाएर पनि दाङको विकास निर्माणमा कुनै भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । उहाँले लमही(तुलसीपुर सडक खण्ड बिस्तार ढिलाइ हुनुमा एमालेका नेताहरूको कारणले भएको बताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
