सल्यान, २७ कार्तिक । कर्णाली र लुम्बिनी प्रदेशको सिमानामा दुई जिल्लाका उम्मेदवारहरुले नागरिकहरुको समस्या संयुक्त रुपले सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सल्यानको त्रीवेणी गाउँपालिका वडा नम्बर १ र दांगको शान्तिनगर गापा वडा नं १ को सिमाना कालापोखरामा एमालेका दुबै जिल्लाका उम्मेदवारहरुले साझेदारी गर्दै सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पूरा गर्नेगरी काम गर्ने बताउनुभएको हो । उहांहरुले एमालेको जित सुनिश्चित भैसकेको उद्घोस गर्दै मत सुरक्षित गर्नका लागि सबैलाइ सुर्यमा भोट हाल्न अपिल गर्नुभयो ।
सल्यान ख का उम्मेद्वार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज गुलाबजंग शाह र दांग ३ (ख) का उम्मेदवार तथा एमाले दांगका अध्यक्ष हुकुम बस्नेतले दुबै क्षेत्रको विकासको लागि संयुक्त रुपमा प्रतिबद्धता जनाउनुभएको हो ।
दांग र सल्यानका मतदाताहरुसंग दुबै उम्मेदवारहरुले एक अर्काका लागि मत माग्नुभएको थियो । एमालेको जीतविना विकास सम्भव नरहेकाले सुर्यध्वजावाहक उम्मेदवारहरुलाई उत्कृष्ट मतका साथ जित दिलाउन सूर्यमा मतदान गर्न उहाँहरुले आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा कर्णाली र लुम्बिनी प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटी तथा स्थानिय पार्टी कमिटी एवम विभिन्न जनवर्गीय संगठनका प्रमुख प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रमको संचालन एमाले दांगका जिल्ला कमिटी सदस्य विष्णु केसीले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
