नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान शुक्रबार टुंगो लाग्ने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० का कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले साँझसम्म नयाँ कप्तानको टुंगो लाग्ने बताए ।
नेपालले यूएईसँग शृंखला खेल्नुअघि नयाँ कप्तानबारे निर्णय हुन लागेको हो । मल्लका अनुसार शुक्रबार छनोट समितिको बैठक बस्दैछ । ‘साँझसम्म नयाँ कप्तानको नाम बाहिर आउनेछ’, उनले भने ।
बला’त्कारको आरोप लागेका कारण तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि उक्त पद रिक्त छ । सन्दीप मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।
सन्दीप गत पुसमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासन कारबाही गर्दै पदबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिइएको थियो ।
त्यतिवेला दीपेन्द्रसिंह ऐरीलाई पनि कारबाही गर्दै उपकप्तानबाट हटाइएको थियो । ऐरीको स्थानमा रोहित पौडेलले उपकप्तानको जिम्मेवारी दिइएको थियो । पछिल्लो राष्ट्रिय टोलीमा दीपेन्द्र, ज्ञानेन्द्र र रोहित तीनै जना थिए ।
स्रोतका अनुसार यीमध्ये एक जनालाई कप्तानको जिम्मेवारी दिइनेछ । कार्यबाहक सचिव मल्लले पछिसम्मलाई हेरेर कप्तान नियुक्त गरिने बताए । ‘अहिलेको कप्तान यूएईसँगको खेलका लागि मात्र होइन’, उनले भने ।
काठमाडौंमा अहिले एकदिवसीय स्वरुपको प्रधानमन्त्री कप क्रिकेट भइरहेको छ । नेपालसँग खेल्न यूएईको टोली शनिबार आइपुग्ने क्यानले जनाएको छ । नेपाल र यूएईबीच कात्तिक २८, ३० र मंसिर २ गते तीनवटा एकदिवसीय खेल हुँदैछ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
