• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कमलको कप्तानिको  दाङ जिल्ला यु–१९ क्रिकेट टिमको घोषणा




वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको   लागि दाङ जिल्ला टोली घोषणा गरिएको छ ।

कमल वलिको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको दाङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रदिप मज्गैयाले जानकारी दिए ।

टोलीको उपकप्तानमा  तुल बहादुर थापा  रहेका छन् ।

अन्य सदस्यमा  बिराट सिंह भण्डारी, मनोज पुन, सन्देश पाण्डे, बिर बहादुर घर्ती, सन्तोष के.सी., ब्रिसभ सेंचुरी, राहुल यादव, अकलेश यादव, आवाज़ गौतम , जिबन के.सी., प्रकाश ठकुरी, समर भट्टराई

बैकल्पिक खेलाडी हरु
सुजल वली, आयुष वली, भोजराज खत्री, सचिन खत्री बोहरा छनोट भएका छन् ।

जिल्लाका क्लबहरूमा रहेको यु–१९ खेलाडीलाई बोलाएर  घोराहीको गुलरिया खेलमैदानमा छनोट प्रतियोगिता सञ्चालन गरिएको र उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको जनाएको छ ।

यो टोलीले  प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछ ।

प्रदेश छनोटबाट राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिनेछ ।

नेपाल क्रिकेट सङ्घको आयोजना वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी मङ्सिर ६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ ।

Facebook Comments