कमल खड्का
रोल्पा, २३ कार्तिक । नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका रोल्पाले गठबन्धन दलका उमेद्वारलाई जिताउनको लागि बुधबार एक कार्यक्रम सम्पन्न गरेको छ । लोकतान्त्रिक बाम गठबन्धन देशका परिस्थिति अनुसार गर्नुपर्ने अवस्था भएको भन्दै कोही पनि कार्य कार्यकर्ता बिचलीत नहुन समेत शिर्षस्त् नेताहरुले आग्रह गरेकोे छन् । स्थानीय तहका चुनाबमा समेत बिभिन्न जिल्लाका बिभिन्न स्थानबाट गठबन्धन गरेरै जितेको कुरा स्मरण गराउदै अहिले पनि जिताउनका लागि जिम्मेवार भएर लागि पर्न पनि अनुरोध गरेका छन् ।
यस भन्दा अघिका चुनाबमा रोल्पाबाट गठबन्धन नभएका हुनाले कार्यकर्ताहरुले असहज मान्नु स्वभाविक भएको कुरा उल्लेख गरेका छन् । तर राष्ट्रिय हितका निमित पार्टीका सिपाही भइ सकेपछि पार्टीका निर्णय मान्नु पर्ने कुरालाई समेत जोड दिएका छन् । सच्चा नेपाली कांग्रेसका साथीहरु भइ सकेपछि जस्तो सुकै परिस्थितिलाई पनि सामना गर्न सक्ने क्षमता राख्नु पर्ने कुरालाई समेत उल्लेख गरेका छन् । उनीहरुले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलबाट उमेद्वारी आएको हुँदा बिना संका गठबन्धन दलका उमेद्वारलाई मत दिन समेत आग्रह गरेका छन् ।
गठबन्धन नमानेर माओवादीबाट स्वतन्त्र उमेद्वारी दिएकालाई चुनाबमा मतदान गर्छन कि भनेर सच्चा माओवादीका सिपाहीहरुलाई संका नगर्न समेत आग्रह गरेका छन् । बरु आफ्ना कार्यकर्तालाई गठबन्धनलाई जिताउँन तिब्रता साथ लागि पर्न पनि अनुरोध गरेका छन् ।
कार्यक्रम नेपाली काङग्रेसका गाउँपालिका सभापति जनक पुनको सभापतित्व एवं महाधिवेशन प्रतिनिधि सदस्य देबेन्द्र बोहोराको प्रमुख आतिथ्यतामा रुन्टीगढी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाका शिर्षस्त नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
