• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्वकपको दोस्रो सेमिफाइनल खेल आज, भारत र इंग्ल्यान्ड भिड्दै




 

आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा आज भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा एडिलेड ओभलमा सुरु हुनेछ ।

विष्फोटक ब्याटरले भोरिएका उपाधिका प्रमुख यी दुई मध्य एक टोली फाइनलमा पाकिस्तानसँग भिड्नेछन् । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

भारत सुपर १२ को समूह बी को विजेता टोली हो । इंग्ल्यान्ड सुपर १२ को समूह ए को उपविजेता टोली हो । सुपर १२ मा चार खेल जित्ने भारत एकमात्र टोली हो । भारतले पाकिस्तानलाई चार विकेट, नेदरल्यान्ड्सलाई ५६ रन, बंगलादेशलाई पाँच रन र जिम्बावेलाई ७१ रनले हराएको थियो । दक्षिण अफ्रिकासँग भने भारत पाँच विकेटले पराजित भएको थियो ।

इंग्ल्यान्डले अफगानिस्तानलाई पाँच विकेट, न्युजिल्यान्डलाई २० रन र श्रीलंकालाई ४ विकेटले हराएको थियो । अफगानिस्तानसँग बर्षाको कारण अंक बाड्दा आयरल्यान्डसँग पाँच रनले स्तब्ध भएको थियो । इंग्ल्यान्ड र भारत दुबैको टोलीमा विष्फोटक ब्याटरको बाहुल्यता छ । दुबै टोलीको ब्याटिङ प्रमुख हतियार हो ।

भारत २००७ को च्याम्पियन टोली हो । भारत २०१४ को फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित हुन पुगेको थियो । भारत ८ वर्षपछि फाइनल खेल्ने सोचमा हुनेछ । १५ वर्षपछि उपाधि जित्ने दाउँमा छ ।

यता इंग्ल्यान्ड २०१० को च्याम्पियन टोली हो । २०१६ को फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो । बेन स्टोक्सलाई अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथवेटले दोस्रो पटक उपाधि जिताएका थिए ।

भारत ओपनर रोहित शर्मा र लोकेश राहुलबाट राम्रो सुरुवात चाहन्छ । टि२० क्रिकेटमा सुरुवातले धेरै महत्वपूर्ण अर्थ राख्छ । त्यसपछि विराट कोहली र सूर्य कुमार यादव रहनेछन् । विराट र सूर्यको प्रदर्शनमा धेरै निर्भर रहने देखिन्छ । यस विश्वकपमा विराट र सूर्यले सानदार प्रदर्शन गरेका छन् । कोहलीले ५ खेलमा ३ अर्धशतकसहित २ सय ४६ रन बनाएका थिए ।

पाकिस्तानलाई हराउन कोहलीले अविजित ८२ रन जोडेका थिए । कोहली म्याच विनर ब्याटर हुँदा उनको विकेट निकै महत्वपूर्ण हुनेछ । भारतीय ब्याटरको लागि इन स्वींग बल भने ठूलो कमजोरी बन्दै आएको छ ।

यता सूर्यको खेल्ने शैलीलाई दक्षिण अफ्रिकी पूर्व विष्फोटक ब्याटर एवि डिभिलियर्ससँग तुलना गर्ने गरिन्छ । सूर्यले ५ खेलमा ३ अर्धशतकसहित १९३।९६ को स्ट्राइकरेटमा २ सय २५ रन बनाएका छन् । सूर्य दबाबमा पनि विष्फोटक इनिङ खेल्ने हुँदा उनको विकेटले योगफल निर्धारण गर्नेछ । पाँचौं नम्बरमा हार्दिक पान्ड्या खेल्नेछन् ।

भारतलाई दीनेश कार्तिक वा ऋषभ पन्त खेलाउनेमा दुविधा छ । इंग्ल्यान्डविरुद्ध राम्रो प्रदर्शन हुँदा पन्त रोजाईमा पर्नसक्छन् । तल्लोक्रममा रविचन्द्रन आश्विन र अक्षर पटेल हुनेछन् । तीव्र गतिका बलरमा मोहम्मद शामी, भुवनेश्वर कुमार र अर्शदीप सिंह हुनेछन् । अर्शदीप घातक बन्न सक्छन् ।

यता इंग्ल्यान्डको ओपनर जस बटलर र एलेक्स एल्सले पावर प्लेमा सानदार सुरुवात दिलाउँदै आएका छन् । तर यी दुई ब्याटर मध्य एक अन्तिम सम्म टिकेर खेल्नु पर्ने हुन्छ । डेविड मलान घाइते हुँदा उनको स्थानमा फिलिप साल्टलाई खेल्ने देखिन्छ । साल्ट पनि आक्रामक ब्याटिङ गर्ने गर्दछन् । कप्तान बटलरबाट महत्वपूर्ण खेलमा इंग्ल्यान्ड ठूलो इनिङ चाहन्छ ।

चौथो नम्बरमा बेन स्टोक्स र पाँचौं नम्बरमा लियाम लिभिङस्टोन हुनेछन् । यी दुबै ब्याटर विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । तर विष्फोटकसँगै ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । त्यसपछि मोईन अली र साम करन हुनेछन् । यी दुबै अलराउन्डर राम्रो ब्याटिङ गर्ने गर्दछन् । क्रिस वोक्स र क्रिस जोर्डन पनि ब्याटिङका लागि चिनिन्छन् । प्रमुख पाँच मध्य एकले ठूलो इनिङ खेल्नु पर्ने हुन्छ ।

प्रमुख बलर मार्क वुड चोटका कारण सेमिफाइनल गुमाउने उच्च सम्भावना छ । उनको स्थान क्रिस जोर्डनले लिनेछन् । तीव्र गतिका बलरमा साम करन, क्रिस जोर्डन र क्रिस वोक्स हुनेछन् । बेन स्टोक्स चौथो विकल्प हुनेछन् । मोईन अलीको स्पिन आक्रामणलाई आदिल राशिदले साथ दिनेछन् । पार्टटाइम स्पिनमा लियाम लिभिङस्टोन हुनेछन् ।

डेथ ओभरमा साम करनले सानदार बलिङ गर्दै आएका छन् । उनको प्रदर्शन आज पनि महत्वपूर्ण हुनेछ । सूर्यलाई करनले ८ खेलमा १३ रन दिँदा दुई पटक आउट गरेका छन् । यी दुई खेलाडीको ब्याटल हेर्न लायक हुनेछन् । यस खेलको विजेताले आइतबार मेलबर्न क्रिकेट मैदानमा उपाधिको लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

हेड टु हेड :

इंग्ल्यान्ड र भारतबीच टि२० आईमा २२ खेल भएका छन् । जसमा इंग्ल्यान्ड १० र भारत १२ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा भारत चार खेलमा विजयी भएको छ ।

 

 

Facebook Comments