• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चर्काे ब्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पु¥याएँ : मेटमणि चौधरी




कार्तिक २१, दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले विपतको बेला चर्काे व्याजमा क्रृण खोजेर पनि जनताको घरघरमा औषधि पु¥याएको बताएका छन् ।
आइतबार लमहीमा प्राइम टेलिभिजनद्धारा आयोजित मंसिर ४ महासंग्राम कार्यक्रममा बोल्दै मन्त्री चौधरी उक्त कुरा बताएका हुन् ।

‘कोभिडको महामारीमा सयकडा ३ मा ऋण खोजेर डाक्टरको टोली र औषधि सहित विपन्न जनताको घरघरमा पुगेको थिएँ । नाका नाका पुगेको थिएँ । जनतालाई भोकले मर्न दिन्नँ भनेर चामल बोकेर गएँ । दोस्रो चरणको कोभिड लहरमा म पनि संक्रमित हुन पुगेँ । तर पनि जनताको सेवामा दिनरात भनिनँ । बाढी, पहिरो, आगलागी लगायत हरेक विपत्तिमा जनताको सारथी बनेको छु ।’ मन्त्री चौधरीको भनाइ थियो ।

पहिलो पटक सांसद भएदेखि नै आफुले विद्यालय भवनहरु निर्माण गर्ने, अस्पताल निर्माण गर्ने, सिमा सुरक्षा देखि लिएर सिंचाइका थुप्रै योजनाहरुमा बजेट व्यवस्थापन गरेको मन्त्री चौधरीले स्मरण गराए ।
देउखुरीका जनताको मतबाट सांसद र मन्त्री समेत बनेको बताउँदै उनले फेरि पनि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार निर्माण आफ्नो पहिलो प्राथमिकता भएको सुनाए । राप्ती कोरिडोर, स्वर्गद्धारीसम्मको सडक विस्तार र केवलकार सञ्चालन, पोड वे सञ्चालन, मसोट देखि बबइसम्म सुरुङ मार्गको अध्ययन र विस्तार जस्ता योजना सुरु गर्ने मन्त्री चौधरीले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Facebook Comments