कमल खड्का
होलेरी, २१ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपालिकामा प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । निमित रुपमा हुने प्रधानाध्यापकहरुको बैठक आइतबार पालिकाको सभाहलमा सम्पन्न भएको हो ।
सुर्यदय मावि मसिनाका प्रअ धर्मबहादुर घर्तीको अधयक्षता एवं रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन र प्रमुख प्रसासकीय अधिकृत रेमन्तबहादुर डाँगीको आतिथ्यतामा बैठक बसेको थियो ।
प्रधानाध्यापकहरुको बैठकले विभिन्न निर्णयहरु समेत पेश गरेको छ । बैठकमा बिषय विज्ञ दामोदर शर्मा रुन्टीगढी गाउँपालिकाका शिक्षा अधिकृत अन्जु शर्मा, शिक्षा प्रास घनबहादुर डाँगीसहित गाउँपालिका भरिका विभिन्न विद्यालयका करिब ५५ जना प्रअहरुको सहभागिता रहेको थियोे ।
शैक्षिक सुधार र स्थानीय पाठ्यक्रम निर्माणका लागि बिषय विज्ञ दामोदर शर्माले प्रशिक्षण समेत दिएका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

