• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढी गाउँपालिकामा मतदाता शिक्षा संचालनका लागि तालिम




कमल खड्का
होलेरी, १९ कार्तिक । अगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यलयले मतदाता शिक्षा संचालनका लागि प्रत्येक स्थानीय तहलाई जिम्मा दिएको छ । सोही अनुरुपको रोल्पाको रुन्टीगढी गाउँपालिकाद्वारा शुक्रबार प्रत्येक वडाबाट एक एक जाना मतदाता शिक्षा संचालनका लागि स्वयंसेवक छानेर एक दिन तालिम संचालन गरेकोे छ ।

तालिम सन्चालन कार्यक्रम रुन्टीगढी गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत रेमन्त बहादुर डाँगीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष जनक पुनको प्रमुख आतित्यथ्यतामा त्यस्तै उपाध्यक्ष सरिता के सी आतिथ्यतामा भएको थियोे ।

तालिममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले मतदाता शिक्षा लिएर जानेहरु कोही कसैले राजनीति प्रचारप्रसार नगरीकन स्वच्छ तरिकाबाट मतपत्र कसरी छाप लाउने कसरी छाप लगाउदा मतपत्र बदर हुदैनन् भनेर सिकाउन अनुरोध गरेका थिए ।

Facebook Comments