काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासमा थुनछेक बसह सकिएको हो। जिल्ला अदालत स्रोतका अनुसार अब केही बेरपछि थनछेक आदेश आउनेछ।
शुक्रबार सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस सकेसँगै थुनछेक बहस सकिएको हो।जिल्ला न्यायाधिवक्ता कृष्ण भण्डारी र जाहेरवालाका कानुन व्यवसायी शान्ति रिजाल काफ्लेले जवाफी वहस गरेका थिए। अब अदालतले सन्दीपलाई तारेख वा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नेभन्ने आदेश गर्नेछ।
अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए उनलाई जेल चलान गरिनेछ। अदालतले उनलाई साधारण तारेख वा धरौटी लिएर तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न पनि भन्न सक्छ।
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो। मंगलबार सन्दीपले अदालतमा बयान दिएका थिए भने बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो।
सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, ०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। जसमा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोहीअनुसार सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदावी गरिएको छ।
पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको दाबी गरेकी छिन्।
सन्दीपले भने प्रहरी र अदालतमा दिएको बयानमा आफूमाथि लागेको आरोपको इन्कार गर्दै आएका छन्। पीडित किशोरीसँग होटलको एउटै कोठामा बसेको (सुतेको), तर बलात्कार नगरेको सन्दीपको जिकिर छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।