• १५ मंसिर २०७९, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रचण्ड अस्थिर कि गतिशील ?




गोविन्द आचार्य

सन् २००८ मा गणतान्त्रिक नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्रीको हैसियत बनाइसकेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल “प्रचण्ड”सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री बन्दा विश्वका धेरैजसो प्रमुख नेतासँग नजिकको सम्बन्ध बनाइसकेका थिए । सन् २०१६ अक्टुबर १५ र १६ मा भारतको गोवामा आयोजित ब्रिज सम्मेलनका क्रममाभारतीय समकक्षी नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय भेटवार्ता गरी नेपाललाई दुई एसियाली ठूला राष्ट्रबीचको ‘गतिशील पुल’ भएको बताउँदै प्रचण्डले त्रिदेशीय साझेदारीको प्रस्ताव राखेपछि त्यसले विश्वभर चर्चा बटुलेको थियो ।

प्रचण्डले गोवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगभेट्दाको तस्वीर राष्ट्रिय र अन्र्तराष्ट्रिय संचार माध्यमवाट सार्वजनिक भएपछि नेपालस्थित विभिन्न देशका राजदूतहरुबीच चर्चा भएछ– ‘देश गरिव भएपनि नेपालले नेता भने साँच्चिकै धेरै उचाँइको पाएको छ।’ त्यसवेला धेरै राष्ट्रका राजदूतहरुले कमरेड प्रचण्डलाई दक्षिण एसियाकै सबैभन्दा ‘डाइनामिक’ नेताको रुपमा चित्रण गरेको कुरा कुटनीतिक बृत्तमा ब्यापक चर्चाको बिषय बनेको थियो । (हेर्नुहोस् गोवामा प्रचण्डले राखेको त्रिदेशीय साझेदारीको प्रस्ताववारे ओमानको टाइम्स अफ ओमानमा प्रकाशित एक समाचार https://timesofoman.com/article/19544-prachanda-modi-xi-hold-trilateral-meeting-in-goa-report)
नेपालमा शान्ति सम्झौता भएपछिका पछिल्ला १६ बर्ष र त्यसभन्दा पहिले १० वर्ष गरी विगत २६ वर्ष यता नेपालको राजनीति अध्यक्ष प्रचण्डकै वरिपरि घुमिरहेको छ । चाहे जनगणतन्त्र स्थापनाकालागि संचालन गरिएको जनयुद्धका प्रमुख योजनाकार र सफल कमाण्डरका रुपमा होस्, चाहे गणतन्त्र स्थापनापछि नयाँ नेपाल निर्माण अभियानका प्रमुख नेताका रुपमा होस्, चाहे आफ्नै पार्टीका अर्का अध्यक्ष केपी ओलीले दुई दुई पटक संसद विघटन गरेर संविधान मास्ने षडयन्त्र गर्दा त्यसका विरुद्ध संघर्ष गरेर सफलता हासिल गर्दा होस् अध्यक्ष प्रचण्डले नै सिंगो देशको नेतृत्व गर्दै आएको कुरा घाम झै छर्लङ् छ ।

आगामी मंसिर ४ मा हुने चुनावका लागि राजनीतिक दलहरु चुनावी मैदानमा उत्रिसकेका छन् । विगतका चुनावभन्दा अहिलेको दृश्य अलि फरक देखिएको छ । फरक के भने यस पटकको चुनावमा मुख्यतः दुई राजनीतिक धारबीच प्रतिष्पर्धा हुँदैछ । एउटा धार माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राजमो र लोसपा गठबन्धनका रुपमा र अर्को धार एमाले, राप्रपा, परिवार दलसहितका संघीयता विरोधी र राजावादीसमेतका शक्तिहरुको गठबन्धनका रुपमा अगाडि आएका छन् । माओवादी अध्यक्ष पहिलो धारको तर्फवाट गोरखा २ वाट निर्वाचन लडेका छन् ।

प्रचण्डले गोरखावाट चुनाव लडेसँगै माओवादीका विरोधीहरुले विगतमा लगाउने आरोप जस्तै यसपटक पनि प्रचण्डमाथि अस्थिर भएको, एउटै निर्वाचन क्षेत्रमा टिकेर सधै चुनाव लडिरहन नसकेको तथा अडान नभएको नेता भन्दै आरोप लगाउन सुरु गरेका छन् । ०६२÷०६३ सालको जनआन्दोलनमा नेपालमा गणतन्त्र ल्याउनु पर्छ भनेर पत्रकार महासंघकै नेतृत्वमा पत्रकारहरु सडकमा उत्रिदा राजतन्त्र कायम राख्नुपर्छ भनेर सम्पादकीय लेख्ने एक दैनिक पत्रिकाले प्रचण्डको गोरखा रोजाईका विरुद्ध प्रायोजितरुपमा मुख्य समाचार बनायो ।

अहिले संविधान मास्न चाहने व्यक्तिवाट चलेका विभिन्न संचार माध्यम, प्रतिगामी र राजावादी शक्ति प्रचण्डमाथि अनेकौ अनर्गल आरोप लगाइरहेका छन् । यस अवस्थामा प्रचण्ड अस्थिर हुन् वा गतिशील यसवारे सबैलाई जानकारी होस् भन्ने उद्देश्यले यहाँसानो चर्चा गरिएको छ ।

प्रचण्डको विचारमा दृढता र कार्यनीतिक लचकता, कुशल कार्यक्षमता, गतीशीलता एवम् दूरदर्शीताका कारण नेपालमा २४० वर्षदेखि शाषन गर्दै आएको सामन्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा सम्भव भएको हो । प्रचण्डले ०५७ सालमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमार्फत् मालेमावादी सिद्धान्तलाई थप विकास गर्ने, जनयुद्ध र जनआन्दोलनको फ्युजन गर्दै अघि बढ्ने कार्यदिशा एवम् अन्तरिम सरकार, संविधानसभा र गणतन्त्रको कार्यनीति नल्याएको भए सायद नेपालमा यति छिटो यसखाले परिवर्तन सम्भव नै थिएन । नेपालको यो परिवर्तन कुनै चानचुने परिवर्तन होइन ।

नेपालको इतिहासमै आजसम्म भएका परिवर्तन मध्ये गणतन्त्र, संघीयताको घोषणा सबैभन्दा ठूलो अभूतपूर्व परिवर्तन हो । यी प्रचण्डको दुरदर्शिता र गतिशीलताका कारण सम्भव बनेको हो । यसैगरी अन्य राजनीतिक शक्ति, राज्य र गैर सरकारी संस्थाहरुले खरबौै डलर खर्चेर दशकौसम्म ल्याउन नसकेको अभूतपूर्व सामाजिक चेतना पनि प्रचण्डले नेतृत्व गरेको माओवादी जनयुद्धले एक दशकमै ल्याइदियो । राज्यद्वारा पछाडि पारिएका महिला, अल्पसंख्यक, दलित, मधेशी, मुस्लिम, आदिवासी, जनजातिलगायतका समुदायमा राजनीतिक चेतनाको उभार आयो, जुन आन्दोलन पनि प्रचण्डकै नेतृत्वमा भएको थियो ।
हो, नेता भनेको आफै बन्दैन । यो इतिहासले निर्माण गर्छ । नेपालमा पनि यस्तै भएको छ । कुशल नेतृत्व भन्ने कुरा आन्दोलनले जन्माउने हो । यो कसैको चाहनाले हुने कुरा पनि होइन । देशको आवश्यकता र आन्दोलनको विकासवाट अहिले नेपालले प्रचण्डलाई पाएको छ ।

सिद्धान्त र विचारमा दृढता तर ब्यावहारमा लचकता प्रचण्डको विशेषता हो । प्रचण्ड कहिल्यै मेरै गोरुको बाह्ह टक्का भनेर अडान कसेर बस्दैनन । उनी अरुका पनि कुरा सुन्छन् र जे सही हो त्यसैका पक्षमा निर्णय लिन्छन् । झण्डै पाँच दशक लामो आन्दोलनवाट खारिएका प्रचण्ड जस्ता राजनेता पाउनु हामी सबै नेपालीका लागि गर्वको कुरा हो । अव कम्तिमा आगामी एक दशकका लागि यो देशलाई प्रचण्डको नेतृत्व आवश्यक छ ।

अहिले हामी सबैले देखिरहेका छौं अन्य प्रतिष्पर्धी दलका शीर्ष नेतामा देशलाई अगाडी बढाउने कुनै नयाँ नीति, कार्यक्रम र दृटिकोण नै छैन । उनीहरु खाली माओवादी केन्द्रर यसका प्रमुख नेता प्रचण्डको आलोचना गरेर कुरा सुरु गर्छन, अनि आलोचना गरेरै कुरा टुंग्याउछन् । प्रतिष्पर्धी दलका शीर्ष नेताका काम माओवादीसहितको गठबन्धन दलको इश्र्या, डाहा र आलोचना मात्र भएको छ, अहिले त । उनीहरुसँग आफ्नो मौलिक कुरा भन्ने नै छैन ।

एमाले, राप्रपाका शीर्ष नेताको निरीह र लाचारीका कारण उनीहरुको नुन खानेहरु प्रचण्डलाई गाली गरेर वा प्रचण्डको कद घटाएर आफ्ना फुच्चे नेतालाई अग्लो देखाउन कोशिष गरिरहेको देखिन्छ । तर कमिलाको सरापले हात्तिलाई कुनै फरक नपारे झैं प्रचण्ड विरोधीका गाली गलौज र आलोचनाको कुनै वास्ता नगरी नयाँ नेपाल निर्माणको अभियानमा अहोरात्र लागिरहेकै छन् । प्रचण्डसँग अन्यदल कति त्रसित छन भने,संविधानसभावाट संविधान जारी हुने वेलामा शासकीय स्वरुपको बहस हँुदा बहुमत प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा भए पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा गइयो भने प्रचण्डसँग प्रतिष्पर्धा गर्नसक्र्ने व्यक्ति आफ्नो पार्टीमा नभएकाले त्यस्तो शासकीय स्वरुप स्वीकार्न नसकिने भनेर एमाले नेता केपी ओलीले त्यति वेलै बोलेका थिए । यसले पनि उनीहरुको वास्तविकता स्पष्ट हुन्छ ।

नेपाली राजनीतिको अहिलेको वास्तविकता भनेको अध्यक्ष प्रचण्डको अनिवार्यता हो । अखबारमा लेख लेख्ने बुद्धिजीवी, सेमिनारमा प्रवचन दिने पण्डित, देशको भविष्यको चिन्ता गर्ने युवा, दुखः सुखः जीवनयापन गरेका गाउले किसानदेखि बजारका चियाँ पसल र गाउका चौतारीमा भेट भएका सबैले कुरा गर्ने व्यक्ति भनेको प्रचण्ड नै हो । तथ्य यो पनि हो कि उपयुक्त ठाउँमा केवल प्रशंसा मात्र हँुदैन प्रचण्डको आलोचना पनि हुने गरेको छ । देशमा बेथिति बढ्नुमा अरु नेतासँगै प्रचण्डको पनि भूमिका रहेको बिषयमा समेत कतिपयले आरोप लगाउछन, तर आलोचना गर्ने समूह नै विश्वस्त छ देश बनाउने सामथ्र्थ भने प्रचण्डसँग मात्र छ । अर्थात आलोचना भएपनि प्रचण्डसँग जनताका अत्यन्त धेरै अपेक्षा छन, ती पुरा नहुँदा जनतामा चिन्ता देखिएका छन् । प्रचण्डले जनता, शुभचिन्तक र आफ्ना विरोधीहरु समेतवाट आउने सकारात्मक आलोचनाहरुलाई सधै स्वागत गर्ने र गल्ती स्वीकार गरिहाल्ने बानीका कारण पनि प्रचण्डको आलोचगाा हुन्छ । प्रचण्डमा जस्तो गतिशीलता नेपालका कुनै नेतामा देखिदैंन । माओवादी केन्द्र वाहेक अन्य दलका कार्यकर्तासमेत आफ्नै नेताप्रति विश्वस्त छैनन, जति प्रचण्डसँग छन् । एकपटक कांग्रेसका युवा नेता गगन थापाले आफ्नै पार्टीका नेताप्रति कटाक्ष गर्दै भनेका थिए– ‘हाम्रो पार्टीको भूमिका प्रचण्डले दिएको होमवर्क गर्नुमै सीमित रहेको छ ।’
प्रचण्डमा एक राजनेतामा आवश्यक सबै गुण छन् । उनी लचक हुने ठाउँमा लचक हुन र कठोर हुनुपर्ने ठाउँमा कठोर हुन जानेका छन् । कहिलेकाँही त प्रचण्डका समर्थकहरुले आवश्यकताभन्दा बढी लचक वा कठोर भएको टिप्पणी गर्छन । खासमा एक राजनेतामा हुनुपर्ने यो गुण प्रचण्ड वाहेक अरुमा देखिन्न । आफ्ना विरोधी शक्तिलाई पनि आफ्नो प्रस्तावमा सहमत गराउने क्षमता समकालीन नेतामा प्रचण्ड बाहेक अर्को व्यक्तिमा देखिदैन ।

संविधान निर्माणको क्रममा विवाद समाधान उपसमितिको संयोजकका रुपमा प्रचण्डको पहलमा विवादहरु मिल्दै गएपछि त्यसवेला प्रचण्डको भूमिकालाई लिएर तत्कालिन सभामुख सुवास नेम्वाङ भन्ने गर्दथे –‘नेपाली नेतामा प्रचण्ड फुटबलर मेसी जस्तै हो ।’दोस्रो कार्यकालमा प्रचण्डले नेपालको १८ घण्टासम्मको लोडसेडिङ् हटाउने, इतिहासमै सबैभन्दा बढी आर्थिक बृद्धिदर बढाउने तथा बृद्ध भत्ता सतप्रतिशत बढाउने जस्ता काम गरेपछि देश र विदेशमा समेत प्रचण्डको प्रसंसा गर्दै उनलाई नेपालका ‘मोहथिर मोहम्मद’को रुपमा चित्रणसमेत गरियो । तर प्रचण्डको कार्यकाल १० महिना मात्र रह्यो । अभावग्रस्त मलेसियालाई मोहथिरले सम्पन्न मलेसिया बनाए जस्तै प्रचण्ड पनि पाँच वर्ष सत्तामा रहेको भए नेपालले विकासको लामो यात्रा पूरा गरिसकेको हुने थियो ।

लामो समयदेखि अध्यक्ष प्रचण्डसँगै पार्टीमा रहेर राजनीतिक कार्यदिशा र कार्यनीति निर्माणमा सहकार्य गरिरहेकातर केही समयदेखि अलग भएर अव फेरि पार्टी एक बनाउने निर्णयमा पुगिसकेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रचण्डलाई लेनिनसँग तुलना गर्ने गर्दछन् । लेनिनको जस्तै गुण र नेतृत्व क्षमता भएकै कारण प्रचण्डले एक्काइशौ शताब्दीको समाजवादी क्रान्तिलाई मौलिकढंगले अघि बढाउन सकेको उनको ठहर छ ।

समकालीन नेतामा मात्र होइन नेपालको राजनीतिक इतिहासमा आजसम्मकै व्यक्तित्व क्षमता भएका प्रचण्ड आधुनिक जननेता हुन् । एमालेको अध्यक्षमा पराजीत भएर कलंकीको स्युचाटार हाइटमा इन्सेक नामक मानवअधिकारको ‘व्यवसाय’ संचालन गरिरहेका सुबोध प्याकुरेलले एक दशक अघि नै इमेज टेलिभिजनसँगको एक अन्तरवार्तामा भनेका थिए– ‘प्रचण्डको भाषण सुन्न खुल्ला मञ्चमै जान्छु, समाचारमा आएको कुराले मात्र पुग्दैन ।’ राजनीति, विकास र अर्थतन्त्रका बिषयमा एकघण्टा प्रवचन दिने व्यक्ति अरु कोही छ ? प्रचण्डले भाषण गरेको दिन टेलिभिजन पत्रकारलाई एउटा अफ्ठ्यारो पर्छ, कुन चाही बाइट राख्ने र कुन काट्ने ? प्रचण्डको भाषणमा विषय र शब्द दोहोरिँदैनन् । छोटो भाषण गर्दा पनि भन्नुपर्ने कुरा आउछन् । सुन्न मन हुँदा हुँदै भाषण सकेको अनुभूति हुन्छ ।यो कुनै प्रसंशा होइन, यथार्थ हो । पाठकहरु नै भन्नुहोस् चुम्वक जस्तो अरुलाई आकर्षण गर्ने गुण र क्षमता प्रचण्ड बाहेकको अन्य कुन नेतामा छ ? तिहार लगत्तै प्रचण्ड गोरखाका अति दुर्गम गाउँहरुमा पुग्दा प्रचण्डलाई हेर्न जनसागर नै उर्लियो, त्यति धेरै जनता यसअघि योरखाका गाउँहरुमा कहिले पनि नेता भेट्न घरवाट निस्किएका थिएनन् ।

व्यक्तित्व क्षमतावारे चर्चित भारतीय प्रत्रकार अरबिन्द रोयले आफ्नो पुष्तकमा प्रचण्डको चर्चागर्दै लेखेका छन, “नेपालमा राष्ट्रियताका सम्बन्धमा दरिलो अडान राख्न सक्ने समकालीन नेता प्रचण्ड मात्र हो, प्रतिष्पर्धी दलका नेता आफूलाई प्रधानमन्त्री बनाइदेउ भनेर विन्तीपत्र हाल्न गएको समयमा प्रचण्डले चीन, नेपाल र भारतबीच त्रिर्देशीय साझेदारीको प्रस्ताव गरे । जुन कुरा अहिलेसम्म कुनैपनि नेताले उठाउने हिम्मत गरेका थिएनन् । प्रचण्ड आफ्नै मौलिक पहिचान भएका राष्ट्रवादी नेता हुन् । पृथ्वी नारायण शाह, विश्वेश्वरप्रसाद कोइराला, मदन भण्डारी जस्तै वेग्लै र मौलिक पहिचान बोकेको नेपालका नेता । कतिपय सामान्य कमि कमजोरीका बावजुद समकालीन नेपाली राजनीति र देशको निर्विकल्प नेताका रुपमा अध्यक्ष प्रचण्डलाई सबैले स्विकारेको अवस्था छ ।”

प्रचण्डको नेतृत्वमा परिवर्तनका लागि भीषण आन्दोलन अघि बढिरहँदा यसलाई दमन गर्न माओवादीलाई आतंककारी घोषणा गर्दै टाउकाको मूल्य तोक्ने र १७ हजार नेपालीको हत्या गर्ने तत्कालिन राजतन्त्रात्मक व्यवस्थाका असली सञ्चालकहरुले अहिले पनि प्रचण्ड र उनले नेतृत्व गरिरहेको पार्टी माओवादी केन्द्रलाई अपराधीका रुपमा चित्रण गरिरहेका छन् । नेपालमा भएको राजनीतिक परिवर्तनलाई नरुचाउने, राजतन्त्र र एकात्मक ब्यवस्था ल्याउन चाहने राजावादीसहितका प्रतिगामीहरुले आगामी मंसिर ४ गते हुने चुनावलाई प्रभावित पार्ने गरी नितान्त झुठ्ठा र अर्नगल प्रचार गरिरहेको छ ।

केही मिडिया पनि भएभरकै शक्ति खर्चेर प्रचण्ड विरुद्ध प्रायोजित प्रचारमा छ । गणतन्त्र र संघीयता मास्न चाहनेहरुमा एमाले अध्यक्ष केपी ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष रवीन्द्र मिश्रदेखि परिवर्तन विरोधीहरु प्रतिगामी मोर्चा नै बनाएर चुनावमा खडा छन् भने अर्को कित्तामा माओवादी, कांग्रेस, समाजवादी, जनमोर्चासहितका परिवर्तनकामीहरु एकतावद्ध छन् । यस अवस्थामा आगामी मंसिर ४ गतेको चुनाव परिवर्तन रोज्ने कि प्रतिगमन रोज्ने भन्ने जनमत संग्रह जस्तै बन्न पुगेको छ ।


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको जनयुद्धको बलमा नेपालमा जे जति राजनीतिक उपलब्धी भएको छ, त्यसलाई संविधानसभावाट जारी संविधानमार्फत् संस्थागत गर्ने काम पूरा भइसकेको छ । अव एउटा शक्ति यो संविधानलाई जसरी हुन्छ मास्न चाहन्छ भने अर्को शक्ति संविधानको कार्यान्वयन गर्न चाहन्छ । यसपटकको चुनावमा संविधान जोगाउनेहरुलाई मत दिएमा संविधान जकार्यान्वयनमा जानेछ र संविधान मास्न चाहनेहरुलाई चुनिएमा संविधान ध्वस्त पार्न सक्ने खतरा देखिन्छ । अतः यो चुनावमा ‘जसको नीति, उसैको नेतृत्व’हुनुपर्छ भन्ने मान्यताका साथ माओवादी पार्टी र त्यसको मुख्य नेता अध्यक्ष प्रचण्डलाई संविधान कार्यान्वयनको जिम्मेवारी सुम्पिइनु पर्दछ ।यस पटकको चुनावमा संविधानको रक्षा, स्थिरता र सम्बृद्धिका लागि माओवादीसहितको गठबन्धनले अघि सारेका उम्मेदवारहरुले जित्दा मात्रै संविधानको रक्षा हुन सक्नेछ ।

कतिपय राजावादी, प्रतिगामी, सामन्ती÷दलाल वर्गलाई प्रचण्डको नाम सुन्दा टाउको दुख्छ, जुन स्वभाविकै हो तर प्रचण्ड केवल माओवादी केन्द्रको मात्र नभई सिंगै देशको निर्विकल्प नेताकारुपमा स्थापित भइसकेका छन् । प्रचण्डले यसअघि तीन अलग अलग प्रदेशवाट निर्वाचित भएपछि अहिले चौथो प्रदेश गण्डकीवाट शानदार मतका साथ निर्वाचित हुँदैछन् । यसमा विरोधीहरुको टाउको जतिसुकै दुखे पनि अव केही फरक पर्दैन । किनकी माओवादी संलग्न गठबन्धनसँग चुनावमा प्रतिष्पर्धा गरेको एमाले नेतृत्वको गठबन्धनमा न त सही नीति छ, न दूरगामी सोच भएका, देशकै नेतृत्व गर्न सक्ने नेता नै छन् ।

विगतमा एमालेको सानका रुपमा रहेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, घनश्याम भूषालसहितको ठूलो बैचारिक समूह अहिले एमालेमा छैन । एमाले पार्टी नीति, विधि र संस्थागत निर्णयका आधारमा चल्दैन । केपी ओलीको आदेशका भरमा चल्छ । यसकारण पनि अब फेरि एमालेलाई जनताले भोट दिने सम्भावनै छैन । त्यसैले देशकै निर्विकल्प नेताका रुपमा स्थापित भइसकेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै चुनाव पछि देशको नेतृत्व हाक्नेमा कुनै विवाद छैन, जुन तथ्यलाई स्वयं विरोधीहरुले समेत स्वीकार गरिसकेका छन् ।

Facebook Comments