• २१ फाल्गुन २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिकाद्वारा मालवहाक ठूला सवारीसाधन संचालनमा रोक




कमिरेचौर,१६ कार्तिक । दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिकाभर ठूला सवारी साधनलाई अर्को सूचना नभए सम्मका लागि संचालनमा रोक लगाएको छ । गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर द्वारा हस्ताक्षरित विज्ञप्तीमा मालबहाक गाडी टिप्पर,ट्रक जस्ता ठुला गाडिहरुलाई अल्पकालिनरुपमा संचालनका लागि रोक लगाएको उल्लेख गरिएको छ ।

अध्यक्ष पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ,”बंगलाचुली गाउँपालिकामा यहि मिति २०७९ साल असोज १८ गतेदेखि परेको भिषण वर्षापछि आएको विपद्का कारण ठाउँ ठाउँमा सडक भत्किएको , चर्किएको तथा पहिरोले यस क्षेत्रका सडकहरु क्षतविक्षत भएको र हालसम्म पनि सार्वजनिक सवारी साधन आवागमनमा असहजता रहेको साथै अहिले सडक मर्मतको काम भैईनसकेको हुँदा अर्को सूचना जारी नहुँदा सम्मको लागि गाउँपालिकाभरीकै सडक निर्माण कार्यकालागि बाहेकका ट्रिप्पर,ट्रक लगाएत ठुला मालवहाक साधनहरुलाई अल्पकालिन रुपमा संचालनमा रोक लगाईएको कुरा सम्पूर्णमा जानकारीका लागि अनुरोधछ ।साथै अनुमति बिना संचालनमा आउने उक्त साधनहरुलाई रोकलगाउन सहयोग गरिदिनुहुन सरोकारवाला निकाय सबैलाई अनुरोधछ ।”

Facebook Comments