• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राेल्पामा भीरबाट लडेर एक जनाकाे मृत्यु




 खुमबहादुर सुनार

कार्तिक १५ ,लिवाङ ।  भीरबाट लडेर एक युवाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका -१ ढाप्चा बस्ने ३१ वर्षिय लेखनाथ राना रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

राना साेमबार बिहान आफ्नै घर देखि करिब १५० मिटर टाढाकाे दुरीमा गाेरेटाे बाटाेबाट करिब १५० मिटर तल खसेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

घटनाकाे खबर पाएपछि अस्थायी प्रहरी पाेष्ट सुर्पालबाट खटिएको प्रहरी टाेलिले शव पाेष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराही दाङ पठाइएको छ भने रानाले बिहानै देखि अत्यधिक मदिरा सेवन गरि छिमेकीकाे बाट घर फर्कने क्रममा लडेकाे स्थानीय बताए पनि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुसालले बताए।

Facebook Comments