खुमबहादुर सुनार
लिवाङ, ६ कार्तिक । अन्तर्राष्ट्रिय राेल्पाली सेवा समाजले आफ्नो दोस्रो केन्द्रीय अधिवेशन सम्पन्न गरेको छ । समाजले शनिबार रोल्पाको लिवाङमा एक कार्यक्रमको आयोजना गरी उक्त अधिवेशन सम्पन्न गरेको हो । रोल्पाबाट वैदशिक रोजगारमा रहेको रोल्पालीहरूको सामा संस्थाको रूपमा रहेको छ । 
कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व सिचाई राज्यमन्त्री मन्त्री अमरसिंह पुनमगरले वैदशिक रोजगारमा गएका युवाहरूले अब रोल्पा बनाउनको लागि लाग्नु पर्ने बताउनुभयो । उहाँले सबै युवाहरूले एकीकृत योजना निर्माण गरी अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो । उहाँले युवाहरू सामाजिक परिवर्तनका लागि लाग्न अनुरोध गर्नुभयो ।
पूर्व सिंचाई राज्यमन्त्री पुनले युवाहरूको साझा सपना ने रोल्पाको भविष्य निर्माण हुने बताउँदै सबै लाग्नका लागि अनुरोध गर्नुभयो।आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने बताउनुभयो।
यस्तै उहाँले रोल्पा जिल्लाका युवाहरूको वैदशिक रेमिट्यान्सले नै हाल जिल्ला धानिएको बताउँदै अब अर्काको देशमा होइन अब आफ्नो स्थानमै सामुहिक कार्य थालनि गर्नुपर्ने बताउनुभयो । यस्तै कार्यक्रमका विशिष्ट अतिथि निवर्तमान प्रदेश सभा सदस्य माननीय दीपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लाका युवाहरूले विदेश रहेर पनि जिल्लाको सेवा गर्दै आइरहेको बताउनुभयो । उहाँले रोल्पा जिल्लाका युवाहरूले अब आफ्नो लागि सोच्नु पर्ने बताउँदै त्यसका लागि आफू युवाहरूको साथमा नै रहने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि समाज सेवी एवं पूर्ण बुढामगर, जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तीमगर, सुनछहरी गाउँपलिका अध्यक्ष धनबहादुर पुन, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्य, एकीकृत समाजवादी रोल्पाका प्रतिनिधी प्रताव घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष एवं मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापति डीवी घर्तीमगर, उद्योग वाणिज्य संघ रोल्पाका कोषाध्यक्ष बसन्ता आचार्य संस्थाका सल्लाहकार संयोजक काशीराम डाँगी लगायतको आतिथ्यता रहेको थियो।
उक्त अधिवशेनले डिलाराम वलीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्ष कमल बाँठामगर, उपाध्यक्ष नरेन्द्र जि.सी. उपाध्यक्ष गोपाल डाँगी, उपाध्यक्ष लालकुमारी रोका, महासचिव शेरबहादुर डाँगी, सचिव रोशन गिरी, सचिव रमेश बुढामगर, सचिव रितमान खड्का, सहसचिव पवन रसाईली, कोषाध्यक्ष निशा वली, प्रबक्त वकिल बहादुर पुनमगर, सदस्यहरू भिम बुढाथोकी, महेन्द्र, घर्तीमगर, दिलबहादुर पुनमगर, तेजकुमार, बुढामगर, दिपेन्द्र डाँगी, दिलप्रसाद नु घर्तीमगर, ओमप्रकाश खड्का, मनिषा पुनमगर, धनमाया रोकामगर, जगुमति का घर्तीमगर, कमल पुनमगर, कल्पना) ले घर्तीमगर, ओमप्रकाश वली रहेको छ भने केन्द्रीय सदस्यहरू भिमसेन डाँगी, जिवन घर्तीमगर, धनबहादुर रोकामगर, हरिजुनी घर्तीमगर, भिम बुढामगर, चुन । बुढामगर, धन फाँक्रीमगर, रेगम क्षेत्री, सुनामी घर्तीमगर, उमेश वि.क., जेनिशा वली, कुमार के.सी., सुरेशकुमार के.सी., अजय सुनार, खुम नेपाली, जयबहादुर मैं घर्तीमगर, हेमराज वि.क., जगविर डॉगी, दिवस खड्का, ताजाराम वली, दुर्गाबहादुर खड्का, मनसरी घर्तीमगर, केशर बहादुर खत्री, नन्दकुमार डाँगी, तेजबहादर परियार, ताविराम घर्तीमगर, मानसिंह परियार, रविलाल घर्तीमगर, कमल डाँगी, जगबहादुर नेपाली, नरबहादुर मरमथामी, सुनिता घर्तीमगर, तेजकुमारी परियार, कृष्ण बस्नेत, रविना घर्तीमगर, भरत डाँगी, न एलिसा घर्तीमगर लगायत रहेका छन् ।
समितिले रोल्पाका दिलबहादुर न्त बचाऔं अभियानमा आर्थिक संकलन अगुवाई गरी दिलबहादुरलाई मृत्यदण्डबाट बचाउन सफल भएको थियो । यस्तै सामाजिक सेवाको विभिन्न कार्य गर्दै अगाडि बढेको छ ।
ने. कार्यक्रम संस्थाको अध्यक्ष सन्दिप पूर्व थापाको अध्यक्षतामा भएको थियो भने स स्वागत मन्तव्य डिबी बुढाथोकीले ल राख्नुभएको थियो र कार्यक्रम सञ्चालन वकिल बहादुर पुन र महेन्द्र घर्तीले, गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
