• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मिडियामा चुनावी एजेण्डाहरुको ब्यापक बहस हुनुपर्छः बिष्ट




नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टले चुनावको बेलामा मिडियामा चुनावी एजेण्डाको ब्यापक बहस हुनुपर्ने बताउनुभएको छ । ‘चुनावको बेला घृणायुक्त अभिव्यक्तिलाई रोक लगाउनुपर्छ’– उहाँले भन्नुभयो– ‘सन्तुलितरुपमा दलका एजेन्डामा बहसका लागि मिडियाले पर्याप्त स्थान दिनुपर्छ ।’

नेपाल पत्रकार महासंघ दाङले गरेको कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘चुनावको बेला घृणायुक्त अभिव्यक्तिलाई रोक लगाउनुपर्छ’– उहाँले भन्नुभयो– ‘सन्तुलितरुपमा दलका एजेन्डामा बहसका लागि मिडियाले पर्याप्त स्थान दिनुपर्छ ।’

उहाँले पत्रकारले न्यूजरुम भित्र र बाहिरको भूमिका फरक हुन सक्ने कि नसक्ने भन्ने महत्वपूर्ण सवाल भएकाले उल्लेख गर्दै यसले विश्वनीयतालाई निर्धारण गर्ने बताउनुभयो । ‘यसमा गम्भीर बन्नैपर्छ, चुनावको बेला अझ बढी ध्यान दिनुपर्छ’– उहाँले भन्नुभयो– ‘आफ्नो पेशागत लाइन छुट्याउनुपर्छ । चुनावको बेला मिडियाको पहुँच र पत्रकार सुरक्षामा ध्यान दिनुपर्छ । पत्रकार आचारसंहिताको आधारमा निर्वाचन आचारसंहितामा पालना गर्नुपर्छ । हामीले के गर्ने र के नगर्ने भनेर स्वनियमन गर्नुपर्छ ।’

महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष उदज जीएम, पूर्वकेन्द्रीय सदस्य मधुसूदन बैध, पूर्व अध्यक्ष केवी मसाल, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, पत्रकारहरु केबि चौधरी, पाण्डव शर्मा, भुपेन्द्र ओली, टीकाराम उदासी, वसन्त पौडेल, छवि पुरी, हेमराज शर्मा, जेएन सागर, रोशनमान श्रेष्ठ, आदिम केसी, रन्जिता अधिकारी, नरेन्द्र केसी, सन्तोष सुवेदीलगायतले बोल्नुभएको थियो ।

उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव आरके शीतलले गर्नुभएको थियो ।

Facebook Comments