श्रवण कुमार यादव
राजपुर, २ कार्तिक। राजपुर गाउँपालिका अन्तर्गतका अबिरल बर्षाको कारण बाढी, डुबान तथा कटानले खानबस्न समस्या भएका बाढी पिडितलाई राहत वितरण गर्ने कार्यमा निरन्तरता दिएको छ ।
मानव कल्याण तथा बाताबरण संरक्षण केन्द्र, नेपाल रेडक्रस सोसाइटी र सि.पि. नेपालको सहयोगमा र राजपुर गाउँपालिकाको समन्वयमा वडा नंबर दुई, पाँच र छ का बाढी पिडितलाई आज राहत वितरण गरेको हो । लगातार वर्षाका कारण राप्ती नदी र खोलाहरूमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई राहत वितरण निरन्तर गरिरहेको छ।
अहिले सम्म पालिकाका ४ वटा वडाका ४ सय १६ भन्दा बढी बाढी पीडित घरपरिवारलाई मानव कल्याण तथा वाताबरण संरक्षण केन्द्र, नेपाल रेडक्रस सोसाइटी र सि.पि. नेपालको सहयोगमा राहत बितरण गरेकाे गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले जानकारी दिनुभएको हो। अति पिडित घरपरिारलाई हामीले गाउँपालिकाबाट सक्दो राहत यो भन्दा पहिले वितरण गरिसकेको र अहिले सम्म निरन्तरता दिई रहेको बताउनु भयो। राजपुर गाउँपालिकाका वडा नम्बर ४ मा १ सय २९, २ मा २१, ५ नंबर वडाका १ सय ५७ र ६ नम्बर वडाका १ सय ९ घरपरिवारलाई वितरण गरिसकेको उहाँले बताउनु भएको हो।
अबिरल बर्षाको कारण बाढी, डुबान तथा कटानले धेरै घर परिवारका लागि खानबस्न समस्या भएको छ भने खेतमा तयारी अवस्थामा रहेका धान मकै जस्ता खाद्यान्न र नगदे बालीमा समेत क्षति पुर्याएको छ । लगातार भएको वर्षातले किसानहरु पनि दुखी भएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले बताउनुभएको छ। धान लगाउने समयमा वर्षात नहुदाँ महँगो भाउमा डिजेल ल्याएर मोटर सिँचाइबाट रोपाई गरेका, पानी र मलको अभावमा तयार गरेको बाली भित्राउने समयमा प्राकृतिले धोका दिँदा धेरै घर परिवार पिडित भएका छन् । बाढीले कृषि बालीनाली समेत बगाउँदा किसान पनि धेरै पीडितमा रहेको उहाँले बताउनुभयो।
राहत वितरण कार्यक्रमा गापा अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपति देवि यादव, ५ नम्बर वडाका वडा अध्यक्ष टंक बहादुर बिस्ट, ६ नम्बर वडाका वडा अध्यक्ष श्याम बहादुर रोका, २ नम्बर वडाका वडा अध्यक्ष ओम प्रकाश यादव, मानव कल्याण तथा बाताबरण संरक्षण केन्द्रका क्रमचारी तथा प्रतिनिधी, नेपाल रेडक्रस सोसाइटी र सि.पि. नेपालका क्रमचारी तथा प्रतिनिधी लगाएतका जनसहभागितामा राहत बितरण गर्ने काम सम्पन्न भएकाे जानकारी गापाका सुचना तथा प्रविधि अधिकृत शरद रेग्मीले जानकारी दिनुभएको हो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
