• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुरुल्ले म्याग्जिनगढी पर्यटन विकास समितिको सार्वजनिक सुनुवाइ




होलेरी, २ कार्तिक । रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ मा रहेको मुरुल्ले म्याग्जिनगढी पर्यटन विकास समितिले मंगलवार समिक्षात्मक कार्यक्रम तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।
गयको असोज १ देखि ७ सम्म होलेरीमा सम्पन्न भएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो सम्पन्न गरेको हो ।

असोज ७ गते होलेरीमा सम्पन्न भएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ कार्यक्रमको आय व्यय प्रस्तुत गर्दै मुरुल्ले लेक म्याग्जिन गढी विकास समितिका सल्लाहकार तथा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञका उपसंयोजक नारायण प्रसाद लामिछानेले उक्त महायज्ञ कार्यक्रमबाट जम्मा रु १७,६४,९९० संकलन भएको विवरण प्रस्तुत गर्दै उक्त कार्यक्रमको समय ७ दिन सम्म जम्मा रु १२,८९,९०६ खर्च भएको विवरण प्रस्तुत गर्नुभएको थियो । महायज्ञमा दान गर्ने सम्पुर्ण दानविरहरुलाई धन्यवाद दिदै वचेको रकम मुरुल्ले संरक्षण र संर्वद्धन तथा विकासका कार्यक्रममा प्रयोग गरिने वताउनु भएको छ।

कार्यक्रममा मुरुल्ले लेक म्याग्जिनगढी विकास समितिका अध्यक्ष चेतलाल पुन, रुन्टिगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमत बहादुर डाँगी , रुन्टिगढी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गणेश गिरि , रुन्टिगढी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष घन बहादुर घर्ती , रुन्टिगढी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष चेतलाल खत्री , नेकपा एमाले रुन्टिगढी गाउँपालिका अध्यक्ष गोपाल डागी , उद्योग बाणिज्य संघ रोल्पाका उपाध्यक्ष एवम रेडियो सुनछहरी एफ.एम १०१.५ मे.र्ह का अध्यक्ष गोपाल प्रसाद श्रेष्ठ , रुन्टिगढी गाउँपालिका शिक्षक महासंघका अध्यक्ष भिम बहादुर दशौदी , बुद्धिजीवी , समाजसेवी लगाएत राजनीतिक दलका प्रतिनिधिहरु , ईलाका प्रहरी कार्यालय होलेरी का प्रहरी नायव निरीक्षक रोमचन्द्र घर्ती , सोनापुर सिमेन्ट उद्योगका प्रबन्धक हरि पाठक लगाएत प्रत्रकारहरु उपस्थितिमा सम्पन्न गरिएको हो । सोही कार्यक्रममा उपस्थित सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठक ले मुरुल्ले लेक म्याग्जिन गढी विकाश समिति लाई जम्मा रु ३,११,१८० प्रदान गर्ने घोषणा गर्नुभएको थियो । कार्यक्रमको अन्तमा पर्यटकीय स्थल मुरुल्ले लेक संरक्षक सन्दर्भका बिषयमा बृहत छलफल समेत गरिएको थियो कार्यक्रमको समापन मुरुल्ले म्याग्जिनगढी विकास समितिका अध्यक्ष चेतलाल पुन ले गर्नुभएको थियो।

मुरुल्ले म्याग्जिनगढी विका समितिका सदस्य गोविन्द घर्तीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण समितीका सचिव सुबास चन्दले गर्नुभएको थियो ।

Facebook Comments