खुमबहादुर सुनार
लिवाङ, १ कार्तिक । राेल्पा जिल्लामा पनि विश्व प्रहरी दिवस मनाइएको छ । ६७ औं प्रहरी दिवश २०७९ विविध कार्यक्रम गरी सोमबार लिवाङमा मनाइएको हो । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरूमा कार्यक्रम गरी प्रहरी दिवस मनाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायव.उपरीक्षक. विनोद घिमिरेको अध्यक्षतामा तथा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीको प्रमुख आतिथ्यतामा र विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा लगायत अन्य कार्यालयका प्रमुख साथै अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारीहरु पत्रकार, प्रहरी कर्मचारी, सर्वसाधारणहरूको उपस्थितिमा प्रहरी दिवश मनाइएको हो ।
६७ औ प्रहरी दिवशको अवसरमा अमर प्रहरीका परिवारहरूलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले सम्मान गरेको छ I प्रमुख अतिथि नगर प्रमुख शुरेन्द्र थापा घर्ती र विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अमर प्रहरीका परिवार लक्ष्मी डाँगी, निमा थापा र निम कुमारी रानालाई दोसल्ला ओढाई सम्मानित गर्नुभएको हो ।
प्रमुख अतिथि राेल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापाले प्रहरी बिना कुनैपनि समाजमा भएका विभिन्न गलत काम तथा विकृतिलाई सहि तरिकामा लाउने नै नेपाल प्रहरी लाई लिईन्छ भनेर बताउनुभयाे । यति मात्र नभए जस्तोसुकै ठाउँमा पनि शान्ति सुरक्षा अमन चयन कायम भएको बताउनु भयो I
प्रहरीले हरबखत २४ घण्टा घाम ,पानी नभनी नागरीकको सेवामा समर्पित भएकै कारण विभिन्न आपराधिक घटनामा कमी आएकोले आगामी दिनहरूमा पनि अझ सक्रियताका साथ लागी पर्न र जनताको ज्यानको माया नगरी र धनको रक्षा गर्न,अन्यायमा परेकालाइ न्याय दिनु प्रहरीको प्रमुख दायित्व भएको नगर प्रमुख थापा घर्तीले बताउनुभयो ।
यसैगरी प्रमुख जिल्ला अधिकारी सापकोटाले शान्ति सुरक्षासंगै लागु औषध नियन्त्रण, बालबिबाह र आत्महत्या रोकथाममा रोल्पा प्रहरीले उत्कृष्ट रूपले काम गरेको छ अझै गर्ने छ । यति मात्र नभएको समाजमा चाेरी तथा बलत्कारलाई जनचेतनामूलक कार्यक्रम बाट पहिले सन्देश पनि दिएको हुन्छ विभिन्न पत्रपत्रिका ,रेडियो तथा टेलिभिजनमा पनि यस्ता घटना नहाेस् भनेर समाजमा तथा विद्यालयमा गाेएर कार्यक्रम गरेको पनि बताउनुभयो ।
उक्त कार्यक्रम संचालन प्रहरी निरिक्षक प्रकास भुसालले गर्नु भएको थियो भने शुभकामना तथा स्वागत मन्तव्य पनि अाफै गर्नु भएको थियोे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
