खुमबहादुर सुनार
रोल्पा, ३० असोज । नेकपा माओवादी केन्द्रका उप-महासचिव तथा सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाको प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुनले रोल्पामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको मिलेकाे तालमेल देखेर वा सुनेर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमै सकारात्मक सन्देश दिएको बताएका छन् । गठबन्धन दलले संविधानकाे रक्षा स्थिरता र समृद्धिक लागि गठवन्धन भने मुल नारा साथ शनिबार रोल्पाको लिवाङमा आयोजना गरेको पत्रकार समेलनमा उनले यस्तो बताएका हुन् ।
रोल्पाको प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुनले यति मात्र नभएर हाम्रोपछि आउँने पुस्तालाई राम्रो सन्देश जान्छ र सिक्ने वातावरण मिल्छ भन्ने कुरामा जोड दिदै आवश्यकता अनुसार अहिले सहकार्य गरिएको बताए ।
‘कुनै बेला लडाईँ प्रधान थियो´ पुनले भने, ` अहिले हामी दुई धुर्व बनेर लडछाैँ , बीचमा प्रतिस्पर्धा आवश्यक थियो प्रतिस्पर्धा गर्दा अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौं । हामीले पहिले नै गठबन्धन गर्नेकाे लागि पहिले नै निर्णय भएको थियो । अहिले यसलाई हामीले परिक्षणकाे रूपमा लिएर हामी हिड्का छाैँ ।´
जसरी हामीले गठबन्धन हुन्छ कि हुँदैन भन्ने अन्यौलताका बीच देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सफल भएको र देशभर २ सय ठाउँमा बागी उम्मेदवारी परेकोमा अहिले बागीको संख्या १० मा झरेको समेत जानकारी दिए ।
रोल्पा प्रदेश सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध बागी बनेका माआवादी नेता दीपेन्द्र पुनपछि हट्न सकारात्मक रहेको उनले बताए । ‘माओवादी केन्द्रले रोल्पा रुकुम हेरेर मात्र भएन देशका अन्य जिल्लामा कांग्रेसको सहयोगमा माओवादीले उम्मेदवारी दिएको पनि भुल्नु हुँदैन,’ नेता पुनले भने ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनका तर्फबाट रोल्पा प्रदेशसभा ‘ख’का उम्मेदवार तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धन केन्द्रबाटै भएकाले कार्यकर्ताहरुमा आक्रोस आउनु स्वभाविक भएको बताएका छन्।
‘स्थानीय तहमा गठबन्धन भएन अहिले आफूले पाउनको लागि गठबन्धन गर्यो भन्छन्’ पुनले भने ‘यो मेरो रहरले भएको हैन, पार्टीको निर्णय हो।’ पार्टीको तर्फबाट अघिल्लो पटक आफू प्रतिनिधिसभाको चुनाव लडेको भन्दै सभापनि पुनले हारेपनि आफू लड्न तयार भएपनि पार्टीको निर्णय अनुसार गठबन्धन गर्नु परेको उल्लेख गरेका छन्।
‘गठबन्धनेको विरोध मात्र गरेर हुदैन्’ पुनले भने ‘हामीले अब रोल्पाको विकास र समृद्धिका लागि काम गर्नुपर्नेछ।’ रोल्पाको विकासका लागि गठबन्धन दलहरुबीच मात्रै नभएर अन्य दलहरुसँग पनि सहकार्य गर्नुपर्ने सभापति पुनको भनाइ छ। रोल्पामा सबै दलहरु मित्रवत रुपमा चुनावी प्रतिष्पर्धा गरे भनेर अन्य जिल्लालाई देखाउनुपर्छ पुनले भने।
त्यसैगरी प्रदेशसभा ‘क’का उम्मेदवार जोखबहादुर महराले गठबन्धन निश्चित उद्देश्यका साथ भएकाले सबै रोल्पालीले गठबन्धनलाई बहुमतका साथ विजयी गराउन आग्रह गर्नुकाे लागि स्थानीय मिडिया र जनप्रतिनिधिहरूले सहयोग गर्नुपर्ने बताए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
