नबिन पिएम सल्यान निर्वाचन नजिकिए संगै नेकपा माओवादी केन्द्र सल्यानको पाचौं पुर्ण बैठक बसेको छ । शुक्रवार खलंगामा बैठक सम्पन्न भएको हो ।
बैठकमा चुनावी गठबन्धनलाई मजवुत बनाउने र गठबन्धनले जित्नेगरी अभियान चलाउने बताइएको छ । माओवादीले सल्यानमा आफु ठुलो पार्टी भएपनि २०७९ मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा मा आफ्नो पार्टीले टिकट नपाएकोले गठबन्धन बाध्यात्मक भएको बताएको छ । तर बाध्यात्मक भएपनि गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएको छ माओवादी केन्द्रले चुनावी रणनीतिका बारेमा जानकारी नगराएपनि गठबन्धनले जित्ने र काम पनि व्यवस्था बचाउन बनेकोे गठबन्धनकै सरकारले गर्ने भएकाले जिताउन सबैलाई अनुरोध गरको छ ।
पार्टीका केन्द्रिय सदस्य टेकबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको बैठकले सल्यानमा गठबन्धनलाई जिताउन ३ पार्टीको निर्वाचन परिचालन समिति हुनुपर्ने र त्यसको नेतृत्व माओवादीले गर्नुपर्ने गरि छलफल भएको छ । त्यस्तै अहिलेलाई पार्टीमा तलसम्मका कार्यकर्तालाइ एक बनाउन भेला तथा बैठक गरिने र जहाँ गठबन्धनका पक्षमा लाग्न एउटै धारणा बनाइने माओवादीले बताएको छ ।
पार्टीका जिल्ला संयोजक कृति बहादुर पुनको अध्यक्षतामा भएको पाँचौ बैठकको संचालन सचिव निम बहादुर केसीले गरेका थिए । बैठकमा पार्टीका केन्द्रिय नेताहरु उमाकान्त शर्मा, संघीय समानुपातीक उम्मेद्वार रत्न बहादुर वली र प्रदेश सभा क का उम्मेद्वार भीम प्रकाश शमौ लगायत केन्द्रिय नेताहरु सहभागी बैठकमा एमाले परित्याग गरि माओवादी प्रवेश गरेका नेता नेव बहादुर कवरलाई सम्मान गरिएको पार्टी जिल्ला अध्यक्ष कृति बहादुर पुनले बताए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

