सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सम्पर्क कार्यलय:
घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected] विज्ञापनका लागि 9809855403
निरन्तरको बर्षातले सल्यानमा धान तथा कोदो बालीमा क्षति
२७ आश्विन २०७९, शुक्रबार
नबिन पिएम
सल्यान, २८ असोज । २०७९ लगातारको वर्षाले सल्यानमा पाक्नै लागेको धानबाली र कोदो बालीमा ठुलो क्षति पुर्याएको छ। निरन्तरको वर्षाका कारण हावाहुरीले धान र कोदो ढालेर पानीले भिजाएर र पहिरो गएर क्षति पुगेको हो।
जिल्लामा धेरै स्थानमा कोदो धान ढलेको छ पहिरोले पुरेको छ बाडिले बगाएको छ यो वर्ष धान र कोदो उत्पादन घट्ने बुझिएको छ ‘ ‘हालसम्म बनगड कुपिन्डे नगरपालिकाको १ बनगाड खोला आसपासको धान बाली २ को ,बामे लाघाट ३ को किमटाकुरा खेतगाडा चिउरीगैरा कारागाउ ६,७,८, शारादा नगरपालिकाको शारदा नदि फाट कालिमाटी गाउपालिकाका केही स्थान आसपास कुमाखको नेटा लगाएत जिल्लाका धेरै ठाउमा क्षति पुर्याएको छ ।
धान र कोदो बाली पाक्ने र घरमा भित्र्याउने सम्ययमा यस्तो क्षती हुदा किसानहरु चिन्तित बनेको बनगाड कुपिन्डे ३ का किसान कुल बहादुर बिसिले बताए।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।