• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका सबै क्षेत्रमा स्वतन्त्र पार्टीको उम्मेदवारी




रवि लामिछानेले नेतृत्व गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

रा. स्व. पा. दाङ जिल्ला सभापति ओपेन्द्र दाहालका अनुसार प्रदेश संरचानप्रति जनतामा ब्यापक असन्तुष्टि रहेको पाइएकोले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग लिएकाे छैन।प्रदेश तहको संरचनाले राज्यकोषको दोहन मात्रै गरेको र प्रदेश सभालाई दलका दोस्रो, तेस्रा, चौथो तहका नेताको व्यवस्थापन गर्ने थलो बनाइएको भन्ने जनताको मत रहेको पनि उहाँको दाबी रहेको छ ।No description available.

अब हुन गईरहेकाे प्रतिनिधि सभा सदस्यका लागि रा. स्व. पा. दाङले आफ्ना तिनवटै क्षेत्रबाट उम्मेदवार खटाइएको छ। दाङ जिल्लाको क्षेत्र नं १बाट देवराज पाठक, क्षेत्र नं२ बाट बिशाल अधिकारी क्षेत्र नं ३बाट कमल सुवेदीले मनोनयन दर्ता गरेका हुन्। देश निर्वाचनमय बनेको छ । नेताहरु गाउँगाउँमा जनता फकाउन जुटेका छन् ।

पछिल्लो समय राजनीतिप्रति मानिसहरुको वितृष्णा बढेका कारण पनि दलका उम्मेदवारभन्दा स्वतन्त्र तथा बागी उम्मेदवारको संख्या बढेको छ। आगामी मंसिरमा हुने आमचुनावमा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ मात्रै उम्मेदवारी दिने पार्टी अध्यक्ष रवि लामिछानेले बताउनु भएको छ ।

Facebook Comments