• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लगातारको बर्षातले रुकुमपूर्वको जनजीवन कष्टकर




निराजन सिर्पाली / रुकुम पुर्व
२०७९ असोज २३ गते आईतवार

रुकुम पुर्व मा लगातार परेको वर्षाले जनजिवन कस्टकर बन्दै गएको छ । अझत झनै बिरामी हरुलाई गाउँ वाट सदरमुकाम अस्पताल सम्म जानलाई सारै सकस भईरहेको छ ।

सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङ बाट सदरमुकाम रुकुमकोट सम्म जोड्ने मोटरबाटो पहिरोले गर्दा एम्बुलेन्स तथा अन्य सवारीसाधन चल्न मुस्किल भएको छ ।

एस अघि बाटो बनाईदिन स्थानीयले पटकपटक गाउँपालिका लाई आग्रह गरे ता पनि कसैले नसुनेको स्थानिय हरुको गुनासो छ तर पालिकाले बने दसैं अघि जसरी पनि बाटो बनाउने बताएको थियोे तर दसैं गईसक्दा पनि बाटो कहिले बन्छ कसैलाई जानकारी छैन तर गाउँ पालिकाले भने केहिदिन देखि लगातार पानी परिरहेकाले अहिले काम गर्न अफ्ठ्यारो भएको पानी रोकिए तत्काल त्यो समस्या हल हुने बताएको छ ।

स्थानीयहरुले भने आफै पानी मा भिज्दै पहिरो पन्छाउने काम गरिरहेका छन र स्थानीय सरकार प्रति आक्रोश हुदै भनेका छन आजभोलि त पानीले काम गर्न रोक्यो तर यो भन्दा अघि के कुराले रोकेको थियो हामीलाई बारम्बार झुक्याई रहेको तर अन्य वडाहरुमा JCB ले काम गरिरहेको आफुहरुले देखेको स्थानीयहरुको गुनासो छ ।

Facebook Comments