• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरीकाे राप्ती किनारमा एकजनाकाे शव भेटियाे




शिवु खनाल
देउखुरी, २३ असाेज
देउखुरीमा एक जनाको शव भेटिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ का ५० वर्षिय गनेश्वर चौधरीकाे शव भेटिएको सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख बिनाेद केसीले जानकारी दिनुभयो ।

चाैधरी शनिबार राप्ती नदिमा दाउरा छोप्ने क्रममा वेपत्ता बनाएको थिए । चौधरीको शवलाई आइतवार बिहान एघार बजे सशस्त्र प्रहरी वल नेपाल नं. २९ हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रहरी निरीक्षक धनन्जय केसीको कमान्डमा खटिएको विपद व्यवस्थापन टोलीले फेला पारेको थियो ।

चाैधरीकाे शवलाई तीन किलोमीटर पर बगाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अहिले शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको प्रमुख विनोद केसीले जानकारी दिए ।।

Facebook Comments