• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अमेरिकामा गाँजा अपराधमा पक्राउ परेका सबै बन्दीलाई आम माफीको घोषणा




अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन् ।

बाइडेनले बिहीबार एक भिडियो सन्देशमा देशको संघीय कारागारमा गाँजा सेवन र राख्ने आरोपमा थुनिएका सबै मानिसहरूलाई रिहा गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रपति चुनावको प्रचारप्रसारका क्रममा उनले उक्त निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनको यो कदमले गाँजासम्बन्धि संघीय अपराधमा सजाय भोगिरहेका हजारौं अमेरिकीहरू लाभान्वित हुनेछन् ।

बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै कसैलाई जेल हाल्नु उचित नहुने बताए । ‘गाँजा राखेकै जेलमा परेर कैयौंको जीवन बर्बाद भएको छ,’ उनले भने, ‘गाँजा कब्जामा लिएको फौजदारी अभियोगका कारण मानिसले रोजगारी, घर र शिक्षाको अवसर पाउन सकेका छैनन् ।’

बाइडेनले आफ्नो नयाँ निर्णयले गाँजाको अवैध खरिदबिक्री, व्यापार र कम उमेरमा बिक्रीमा आवश्यक प्रतिबन्ध कायमै रहने बताएका छन् । उनले गाँजाप्रतिको गलत दृष्टिकोणका कारण धेरै जीवन बर्बाद भएकोले यो गल्ती सच्याउने समय आएको तर्क गरे ।

उनले गोरा र काला मानिसहरूले समान मात्रामा गाँजा प्रयोग गरे पनि काला मानिसलाई गोराहरू भन्दा बढी पक्राउ गरिने र सजायँ दिइने अभ्यासको पनि विरोध गरे ।

Facebook Comments