• २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जबरजस्ती करणीको आरोपमा ७७ बर्षीय बृद्ध पक्राउ




डोटीमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ७७ वर्षीय पुरुष पक्राउ परेका छन्।

जोरायल गाउँपालिका –२ डाँडाखालीका ७७ वर्षीय श्रीधर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

श्रीधरविरूद्ध २४ वर्षीय महिलालाई ललाइफकाई घर नजिकैको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले श्रीधरलाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments