• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रजातान्त्रिक उद्यमी संघ दाङको दशै मिलन: बनभोज तथा उपहार कार्यक्रम




असोज १५ घोराही
 प्रजातान्त्रिक उद्यमी संघ घोराहीले दशै मिलन, पिकनिक तथा उपहार कार्यक्रम धार्मिक स्थल बाह्रकुनेमा सम्पन्न भएको छ ।
 कार्यक्रममा संघका अध्यक्ष कालिवहादुर खत्री (मानु)को अध्यक्षता तथा नेपाली काँग्रेस दाङका सभापती शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी डाँगीले अहिले उद्योगी तथा व्यवसायीहरुले विभिन्न समस्या भोग्नु परेको बताए । सरकारको नितीको कारण उद्योगी तथा व्यवसायीहरुले समस्या भोग्नु परेको उनको भनाइ रहेको थियो । राज्यको कर निती, अर्थ नितीको कारण समस्या भोग्नु परेको उनले बताए ।No description available.
कार्यक्रमका विशिष्ठ अतिथि राष्ट्रिय सभाका प्रमुख सचेतक अनिता देवकोटाले आर्थिक तरलताले सबै क्षेत्रमा असर पुगेको बताइन् । अहिले देखिएको तरतालाइ समाधान गदै अगाडि वढनका लागि मार्ग चित्र वनाएर अगाडि बढ्नुपर्ने उनले बताइन् । कार्यक्रममा बोल्ने बक्ताहरुले संघले पार्टीलाइ बलियो बनाउन भुमिका खेलेको र आउदा दिनमा पनि लाग्नु पर्ने बताएका थिए । उद्योगी तथा व्यावसायीहरुको हक हितका लागि एक्तावद्ध भएर अगाडि वढन समेत आग्रह गरेका थिए । No description available.कार्यक्रममा नेपाली काँग्रेस दाङका पुर्व सभापती विरकेश्वरी गौतम, संघका संस्थापक अध्यक्ष हुमाकान्त अधिकारी, नेपाली काँग्रेसका महासमिती सदस्य भुपवहादुर डाँगी, क्षेत्र नं २ का सभापती भिमप्रकाश खड्का, क्षेत्र नं २ क का सभापती प्रकाश श्रेष्ठ, २ ख का सभापती अभियान वस्नेत, नगर सभापती तिलक रावत, संघका सल्लाहाकार श्यामप्रकाश सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकी, सचिव नरेशकुमार श्रेष्ठ, चेम्वर अफ कमर्शका लुम्विनी प्रदेश उपाध्यक्ष श्रीधर महरा, जिल्ला अध्यक्ष वलदेब योगी, घोराही नगर चेम्बर अफ कमर्सका अध्यक्ष दुर्लभ के सी, जिल्ला समन्वय समितीका सदस्य जुनकुमारी वुढा, नेपाली काँग्रेस घोराही उप महानगरपालिका वडा नं ५ का सभापती विष्णुमणि दाहाल, तरुणदलका जिल्ला अध्यक्ष टीका घर्ति, प्राध्यापक संघका अध्यक्ष वालकृष्ण डाँगी, नेपाल शिक्षक संघका जिल्ला सचिव प्रकास डाँगी लगाएतकाले भनाइ राखेका थिए ।No description available. संघका उपाध्यक्ष विश्व पौडेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव श्रीधर धितालले गरेका थिए । कार्यक्रममा संस्थापक कार्यसमिति, सल्लाशकार तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा चिट्टा समेत खोलिएको थियो । विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
Facebook Comments