• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा झिलिमिली बजारको उद्घाटन




घोराही उपमहानगरपालिका वडा नंम्वर १४ र १५ मा पर्ने निमाहल रोडमा सजावट गरेर झिलीमिली बनाइएको सडकको उद्घाटन तथा दशैको शुभकामना आदानप्रदान गरिएको छ ।

सिद्धार्थ गौतमनगर टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं उपप्रमुख हुमा डिसीको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरी रिवन काटेर उद्घाटन गरिएको हो ।

दशैलाई लक्षित गरेर टोल विकास संस्थाको दुई लाख रुपैयाँको लगानीमा सडक माथि छाता र पतङ्गा टागिएसँगै निमाहल रोडमा केही दिनयता नागरिकको भिडभाड बढ्दै जान थालेको छ । उक्त सडकमा टिकटक बनाउन तथा फोटो खिच्न जानेहरुको देखिन थालेको छ । जसका कारण उक्त रोडमा सञ्चालनमा रहेका ब्यवसायमा सकारात्मक प्रभाव पर्न थालेको व्यवसायीहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले समाज विकास र भौतिक विकासको आधार भनेको सौन्दर्यता भएको भन्दै टोलले थालेको कामले घोराहीको सुन्दरतालाई बढाउन टेवा पुराएको बताउनु भयो । सडकमा सजावट गरेसँगै रोडमा नागरिकको चहलपहल बढ्दा उक्त रोडका व्यवसायबाट सेवा लिने ग्राहकको संख्या बढेपछि अर्थिक सम्बृद्धि लिन सकिने बताउनु भयो । यस्तै उहाँले टोलको आफ्नै छुट्टै पहिचान बनाउनका लागी सबै घरमा एउटै रंगको पेन्टले रङ्गाउन सुझाव दिनुभयो । जसका लागी टोलसँग सहकार्य गर्नका लागि उपमहानगर तयार रहेको बताउनुभयो ।

यस्तै उपप्रमुख डिसीले टोल विकास संस्थाले थालेको यस्तो प्रयासबाट त्यहाँका व्यवसायीले प्रत्यक्ष लाभ लिन सक्ने बताउनुभयो । दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी, पुर्व अध्यक्ष नारायन प्रसाद भुषाल, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष शुशिल गौतमलगाएतले बोल्नु भएको कार्यक्रमको सहजिकरण सचिव नुमानन्द आचार्यले गर्नुभएको थियो ।
यो पनि हेर्नुहोस्ः

दशैंको रौनक : दुलहीझै सिङ्गारियो घोराही (फोटो फिचर)

Facebook Comments