• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गजलः देशको भन्दा खाडीको संसार देख्न पाइयो




गंगाराम बुढा
आधार देखाएर पनि छैन, आधारको फाइदा
भन्नुस् क कस्ले लिनुभयो सरकारको फाइदा
देशको भन्दा खाडीको संसार देख्न पाइयो
बेरोजगारलाई यहीँ हो बेरोजगारको फाइदा
हिजो रुमाल साटेको काम आज यहीँ भयो
आँसु पुछेर लिन्छु, तिम्रो उपहारको फाइदा
मैले माया गरेर, धोकाको पाठ सिकेर आए
अक्सर नहुँने रहेछ प्यारमा प्यारको फाइदा
यार चोरले चोरको भुमिका निभाएरै छोड्यो
दिलमा राखेर काम भएन काडेतारको फाइदा

मुसिकोट १० रुकुमपश्चिम

Facebook Comments